• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्रीको नाम उल्लेख गरेर छानबिन समिति बनाउने कार्यदलमा सहमति ★   चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री, एक जना पक्राउ ★   नेपाल–भारत सीमा क्षेत्रबाट ‘पिकअप भ्यान’सहित अवैध सामान बरामद ★   कार्यदलको बैठक: नाम किटान गर्नु नहुने सत्ता पक्षको जोड, मागबाट पछि नहट्ने काँग्रेसको अडान ★   सानीभेरीका युवा लेखा अधिकृत बमकाजी शेर्पाले चढे सगरमाथा (फोटो फिचर) ★   प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसले अवरोध जारी राख्ने ★   जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने ★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ

पोखराको होटलमा अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु, ६ जना नियन्त्रणमा



काठमाडौँ । पोखराको एक होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु भएको छ ।

मंगलबार पोखराको नागढुंगास्थित युनिक होटलमा तनहुँ भिमादकी ३८ वर्षीया सुकु विक अचेत अवस्थामा फेला परेकी थिईन् । होटलबाट उद्धार गरेर विकलाई चरक मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पताल लगिएको केहिबेरमा डाक्टरले उनलाई मृत घोषणा गरिदिए ।

उनी पोखरा नागढुंगाकै शिला रेस्टुरेन्टमा २ वर्षदेखि काम गर्दै आएकी थिईन् । प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद देखिएको कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जनाए । घटनापूर्व विक र एक जना पुरुष होटलको कोठामा प्रवेश गरेका र साँझसम्म उनी ननिस्किएपछि होटल सञ्चालकले खोजी गर्दा अचेत अवस्थामा फेला परेका थिइन् ।

घटना अनुसन्धानका लागि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । विकको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।