२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको होटलमा अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु, ६ जना नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । पोखराको एक होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु भएको छ ।

मंगलबार पोखराको नागढुंगास्थित युनिक होटलमा तनहुँ भिमादकी ३८ वर्षीया सुकु विक अचेत अवस्थामा फेला परेकी थिईन् । होटलबाट उद्धार गरेर विकलाई चरक मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पताल लगिएको केहिबेरमा डाक्टरले उनलाई मृत घोषणा गरिदिए ।

उनी पोखरा नागढुंगाकै शिला रेस्टुरेन्टमा २ वर्षदेखि काम गर्दै आएकी थिईन् । प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद देखिएको कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जनाए । घटनापूर्व विक र एक जना पुरुष होटलको कोठामा प्रवेश गरेका र साँझसम्म उनी ननिस्किएपछि होटल सञ्चालकले खोजी गर्दा अचेत अवस्थामा फेला परेका थिइन् ।

घटना अनुसन्धानका लागि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । विकको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

 




भर्खरै