१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन आग्रह

सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन आग्रह
अ अ+ अ-

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्यायलाई शीघ्र टुङ्गोमा पुर्‍याउन नेपाल सरकारसँग आग्रह गरेको छ । आयोगले विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा भए पनि द्वन्द्वपीडितले न्याय नपाएको भन्दै सङ्क्रमणकालीन कानुन संशोधन गर्न आग्रह गरेको हो ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “द्वन्द्वपीडितले न्याय पाउनुपर्छ, आयोगले यसअघि गरेका सिफारिस, सर्वोच्च अदालतको फैसला, सयुक्त राष्ट्र सङ्घका महासचिवसँगको भेटमा गरिएका प्रतिबद्धता र अन्तर्राष्ट्रिय मान्यताबमोजिम सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुनमा संशोधन गरी सङ्क्रमणकालीन न्यायलाई शीघ्र टुङ्गोमा पुर्‍याउन आयोग नेपाल सरकारको पुनः ध्यानाकर्षण गराउँदछ ।”

नेपाल सरकार र तत्कालीन नेकपा माओवादीबीच २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौतापश्चात् नेपालमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको औपचारिक रुपमा अन्त्य भएको आज १७ वर्ष पूरा भएको छ । विस्तृत शान्ति सम्झौतामा उल्लेख गरिएका हतियार व्यवस्थापन सेना समायोजन, सविधानसभामार्फत नयाँ संविधान जारी गर्ने कार्य पूरा भइसकेको छ । तर, द्वन्द्वपीडितलाई न्याय प्रदान गर्ने कार्य अझै पूरा हुन नसक्दा पीडितको समयमै न्याय प्राप्त गर्ने अधिकार कुण्ठित बन्न पुगेको आयोगको भनाइ छ ।

विस्तृत शान्ति सम्झौताका आठ वर्षपछि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन भए पनि अपर्याप्त कानुनी व्यवस्था र राजनीतिक दलहरुको इच्छाशक्तिको कमीका कारण सङ्क्रमणकालीन न्याय प्रदान गर्ने सम्बन्धमा गठन भएका आयोगबाट आशातित रुपमा न्यायिक निरुपण हुन नसकेको आयोगको ठहर छ । हालै मात्र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गर्नुभएको नेपाल भ्रमणको एजेन्डाका रुपमा शान्ति प्रक्रियाका चाङ्की कार्य खासगरी सङ्क्रमणकालीन न्याय पनि थियो ।

आयोगले संसद्मा विचाराधीन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन विधेयकलाई अन्तर्राष्ट्रिय मध्यमा नेपालले गरेका प्रतिबद्धता तथा सङ्क्रमणकालीन न्यायका अन्तर्राष्ट्रिय मूल्य तथा मान्यलाबमोजिम शीघ्र पारित गरी यथाशीघ्र विश्वसनीय तवरले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा व्यवस्थापिका संसद्का सम्माननीय सभामुखसँग भेट गरी आग्रह समेत गरेको छ ।

आयोगमा दर्ता भएका द्वन्द्वकालीन उजुरी उपर आयोगले अनुसन्धान, निर्णय र सिफारिस गर्दै आइरहेको छ । आयोगको सिफारिस बमोजिम हालसम्म पनि मानव अधिकार उल्लङ्घनमा सलग्न दोषी उपर कारबाही र पीडितलाई परिपुरणका कार्य पूरा नहुँदा दन्द्वपीडित तथा पीडित परिवारले न्याय प्राप्त गर्न नसकेको आयोगको भनाइ छ ।

आयोगले राजनीतिक दलका शीर्ष नेताहरु समेतबाट द्वन्द्वपीडितलाई न्याय प्रदान गर्न ढिलाइ भएको भन्दै शीघ्र सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु-याइ पीडितलाई न्याय प्रदान गर्ने भनी राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा यसअघि पटक-पटक गरेको प्रतिबद्धतालाई स्मरण गराएको छ ।रासस