• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   चौध किलो चाँदीका गहनासहित तीन पक्राउ ★   नेकपा एसको केन्द्रीय सदस्य सिफारिस गर्ने जिम्मेवारी प्रदेशलाई ★   डडेल्धुरामा पहिरामा परी शिक्षकको मृत्यु, राजमार्ग अवरुद्ध, विद्यालय बन्द ★   दियालो बंगला दरबार आईतबारदेखि सर्वसाधारणको लागि खुला ★   दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैनः अर्थमन्त्री पुन ★   प्रधानमन्त्रीले विश्वासको मत पाउने सांसद दाहालको दाबी ★   असार २८ गतेसम्म मन्त्रालय भागबण्डाको विषय टुंगो लगाउँछौः प्रमुख सचेतक बर्तौला ★   ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री बन्नुहुन्छ: काँग्रेस सांसद बडू ★   बाउन्न किसिमका रोग सङ्क्रामकको सूचीमा ★   विपद् जोखिम बढ्यो, एक महिनामा ६२ को मृत्यु

राहुल द्रविडको कार्यकाल सकियो, अब को बन्छ भारतीय टोलीको मुख्य प्रशिक्षक ?



एजेन्सी । भारतीय टोलीका मुख्य प्रशिक्षक राहुल द्रविडको कार्यकाल २०२३ को एकदिवसीय विश्वकपपछि सकिएको छ । रवि शास्त्रीपछि द्रविडले कप्तान रोहित शर्माको साथमा भारतीय टोलीको नेतृत्व सम्हालेका थिए ।

द्रविडको कार्यकालमा भारतीय टोलीले एक वल्र्ड टेस्ट च्याम्पियन्सको फाइनल, एउटा टी–२० विश्वकप र एउटा एकदिवसीय विश्वकप खेलेको थियो तर आइसीसी ट्रफीको खडेरी समाप्त हुन सकेन ।

विश्वकप पछि, भारतले अब अष्ट्रेलियाविरुद्ध पाँच खेलको टी–२० शृंखला खेल्नुपर्नेछ, जुन नोभेम्बर २३ बाट सुरु हुनेछ । यस्तो अवस्थामा प्रशिक्षक राहुल द्रविडको सम्झौता नवीकरण हुन्छ कि हुँदैन भन्ने अहिले कुनै जानकारी छैन तर कोच द्रविडपछि यो पदका लागि को प्रबल दावेदार छन्, उनीहरुबारे चर्चा गरौँ ।

१. भिभिएस लक्ष्मण


भिभिएस लक्ष्मणको नाम सूचीमा पहिलो स्थानमा छ, जसलाई टीम इन्डियाको मुख्य प्रशिक्षक पदका लागि प्रमुख दावेदार मानिएको छ । यदि द्रविडले आफ्नो सम्झौता नबढाउने हो भने, बीसीसीआईले लक्ष्मणलाई मुख्य प्रशिक्षक बनाउने सोंच्न सक्छ ।

लक्ष्मण एनसीएको प्रमुखको रूपमा बीसीसीआईमा सामेल भए । द्रविड पनि प्रशिक्षक बन्नु अघि एनसीए प्रमुख थिए। लक्ष्मणसँग प्रशिक्षकको रूपमा धेरै अनुभव छ । उनले सन् २०१३ मा सनराइजर्स हैदरावाद टोलीमा मेन्टरको रूपमा सामेल भएपछि आफ्नो कोचिङ करियर सुरु गरेका थिए । २०२१ मा बीसीसीआईमा आबद्ध भएपछि लक्ष्मणले जागिर छोड्नुपरेको थियो ।

२. अनिल कुम्बले


अन्तर्राष्ट्रिय स्तरमा २२० खेल खेलेका पूर्व भारतीय लिजेन्ड अनिल कुम्बलेको नाम सूचीमा दोस्रो स्थानमा छ, जसलाई यो पदका लागि दावेदार मानिन्छ । उनी सन् २०१६ मा टिम इन्डियाको मुख्य प्रशिक्षक भइसकेका थिए तर कप्तान विराट कोहलीसँगको मतभेदका कारण उनले आफ्नो पद छाड्नुपरेको थियो ।

सन् २०१७ मा कुम्बलेको कोचिङ अवधिमा भारतीय क्रिकेट टोली च्याम्पियन ट्रफीको फाइनलमा पुगेको थियो ।

३. वीरेन्द्र सेहवाग


सूचीमा तेस्रो स्थानमा पूर्व भारतीय क्रिकेटर वीरेन्द्र सेहवागको नाम छ, जसलाई पनि यो पदका लागि दावेदार मानिएको छ । सहवाग कुनै पनि आईपीएल फ्रेन्चाइजीसँग सम्बन्धित छैनन् । यस्तो अवस्थामा उनी बीसीसीआईमा आबद्ध हुन सक्छन् । सेहवाग सन्यास लिएको दुई वर्षपछि मात्रै भारतीय टोलीको प्रशिक्षक बन्न चाहन्थे । उनले २०१७ मा मुख्य प्रशिक्षकका लागि आवेदन दिएका थिए । यस पटक सहवाग प्रशिक्षक बन्न तयार भएमा बीसीसीआईले नै उनलाई अनुबन्ध दिन सक्छ ।