२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहुल द्रविडको कार्यकाल सकियो, अब को बन्छ भारतीय टोलीको मुख्य प्रशिक्षक ?



अ+ अ-

एजेन्सी । भारतीय टोलीका मुख्य प्रशिक्षक राहुल द्रविडको कार्यकाल २०२३ को एकदिवसीय विश्वकपपछि सकिएको छ । रवि शास्त्रीपछि द्रविडले कप्तान रोहित शर्माको साथमा भारतीय टोलीको नेतृत्व सम्हालेका थिए ।

द्रविडको कार्यकालमा भारतीय टोलीले एक वल्र्ड टेस्ट च्याम्पियन्सको फाइनल, एउटा टी–२० विश्वकप र एउटा एकदिवसीय विश्वकप खेलेको थियो तर आइसीसी ट्रफीको खडेरी समाप्त हुन सकेन ।

विश्वकप पछि, भारतले अब अष्ट्रेलियाविरुद्ध पाँच खेलको टी–२० शृंखला खेल्नुपर्नेछ, जुन नोभेम्बर २३ बाट सुरु हुनेछ । यस्तो अवस्थामा प्रशिक्षक राहुल द्रविडको सम्झौता नवीकरण हुन्छ कि हुँदैन भन्ने अहिले कुनै जानकारी छैन तर कोच द्रविडपछि यो पदका लागि को प्रबल दावेदार छन्, उनीहरुबारे चर्चा गरौँ ।

१. भिभिएस लक्ष्मण


भिभिएस लक्ष्मणको नाम सूचीमा पहिलो स्थानमा छ, जसलाई टीम इन्डियाको मुख्य प्रशिक्षक पदका लागि प्रमुख दावेदार मानिएको छ । यदि द्रविडले आफ्नो सम्झौता नबढाउने हो भने, बीसीसीआईले लक्ष्मणलाई मुख्य प्रशिक्षक बनाउने सोंच्न सक्छ ।

लक्ष्मण एनसीएको प्रमुखको रूपमा बीसीसीआईमा सामेल भए । द्रविड पनि प्रशिक्षक बन्नु अघि एनसीए प्रमुख थिए। लक्ष्मणसँग प्रशिक्षकको रूपमा धेरै अनुभव छ । उनले सन् २०१३ मा सनराइजर्स हैदरावाद टोलीमा मेन्टरको रूपमा सामेल भएपछि आफ्नो कोचिङ करियर सुरु गरेका थिए । २०२१ मा बीसीसीआईमा आबद्ध भएपछि लक्ष्मणले जागिर छोड्नुपरेको थियो ।

२. अनिल कुम्बले


अन्तर्राष्ट्रिय स्तरमा २२० खेल खेलेका पूर्व भारतीय लिजेन्ड अनिल कुम्बलेको नाम सूचीमा दोस्रो स्थानमा छ, जसलाई यो पदका लागि दावेदार मानिन्छ । उनी सन् २०१६ मा टिम इन्डियाको मुख्य प्रशिक्षक भइसकेका थिए तर कप्तान विराट कोहलीसँगको मतभेदका कारण उनले आफ्नो पद छाड्नुपरेको थियो ।

सन् २०१७ मा कुम्बलेको कोचिङ अवधिमा भारतीय क्रिकेट टोली च्याम्पियन ट्रफीको फाइनलमा पुगेको थियो ।

३. वीरेन्द्र सेहवाग


सूचीमा तेस्रो स्थानमा पूर्व भारतीय क्रिकेटर वीरेन्द्र सेहवागको नाम छ, जसलाई पनि यो पदका लागि दावेदार मानिएको छ । सहवाग कुनै पनि आईपीएल फ्रेन्चाइजीसँग सम्बन्धित छैनन् । यस्तो अवस्थामा उनी बीसीसीआईमा आबद्ध हुन सक्छन् । सेहवाग सन्यास लिएको दुई वर्षपछि मात्रै भारतीय टोलीको प्रशिक्षक बन्न चाहन्थे । उनले २०१७ मा मुख्य प्रशिक्षकका लागि आवेदन दिएका थिए । यस पटक सहवाग प्रशिक्षक बन्न तयार भएमा बीसीसीआईले नै उनलाई अनुबन्ध दिन सक्छ ।