२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाना अर्डर गर्नुअघि शारीरिक तौल जोखाउनुपर्ने रेस्टुरेन्ट !



अ+ अ-

एजेन्सी । चीनको मध्यभागमा अवस्थित एउटा रेस्टुरेन्टले ग्राहकहरुलाई खाना अर्डर गर्नु अघि आफ्नो शारिरीक वजन नाप्न लगाउने गरेकोमा क्षमायाचना गरेको छ । चिनिया राष्ट्रपति सि जिन्पिंगले खाद्यान्न खेर नफाल्न गरेको आब्हान अनुरुप चलाइएको अभियान अन्तर्गत यो नीति अपनाइएको थियो ।

यसै साता देखि चाँगसा शहरको गाइको मासुको परिकार बिक्रि हुने रेस्टुरेन्टको मूलद्वारमा वजन नाप्न दुईवटा ठूला तराजु राखिएका छन् । सो रेस्टुरेन्टले आफ्नो वजन अनुसार मात्र खानाको अर्डर गर्न अनुरोध गरेको छ । साइन बोर्डमा ‘ अपरेसन एम्पटी प्लेट ’ तथा ‘ होसियार र परिश्रमी बन्नुहोस् र खाली प्लेटलाई बढावा दिनुहोस् ’ भन्ने नारा उल्लेख गरिएको छ ।’

तर यस नीतिले चीनको सामाजिक सन्जालमा तहल्का मच्चाएको छ । सामाजिक संजाल वेइवोमा यस रेस्टुरेन्टकोबारे ३० करोड पटक भन्दा बढि ह्यासट्याग थिचिएको देखन सकिन्छ ।

तसर्थ यस रेस्टुरेन्टले अनलाईनमा यसरी क्षमायाचना पोस्ट गरेको छ, ‘ राष्ट्रिय ‘ क्लिन प्लेट क्याम्पेन ’ को गलत किसिमले विश्वेलषण भएकोमा हामी गम्भीर क्षमायाचना गर्दछौं । हाम्रो खास उद्देश्य खाना खेर जान नदिनु र स्वस्थ ढंगले खानाको अर्डर गराउनु रहेको छ । हामीले ग्राहकहरुलाई अनिवार्य रुपमा आफ्नो वजन जोख्न कहिल्यै जवर्जस्ती गरेका छैनौं । ’

राष्ट्रिय टेलिभिजनले पनि धेरै परिकार र आवशयकता भन्दा बढि परिमाण टेवेलमा राखेर खान्दै गरेकाहरुको भिडियो फुटेजको आलोचना गरेको छ । आश्वयक भन्दा बढि खाना अर्डर गरेर प्लेटमा त्यसै खाना फालेर हिंड्नुलाई यसअघि चिनियाहरुले सामाजिक शालिनताको रुपमा लिने गरेका थिए ।