• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ?

सूर्यकुमारको कप्तानीमा अष्ट्रेलियाविरुद्धको टी–२० सिरिजका लागि भारतीय टोलीको घोषणा



एजेन्सी । एकदिवसीय विश्वकप सम्पन्न भएसँगै भारत र अष्ट्रेलियाबीच नोभेम्बर २३ बाट टी–२० सिरिज हुँदैछ । यसका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले सोमबार भारतीय टोलीको घोषणा गरेको छ ।

टोलीको कप्तान सूर्यकुमार यादवलाई दिइएको छ । सञ्जु सामसनले टोलीमा स्थान बनाउन सकेनन् ।

बीसीसीआई छनोट समितिले अष्ट्रेलियाविरुद्ध २३ नोभेम्बर २०२३ देखि विशाखापट्टनममा हुने ५ खेलको टी–२० सिरिजका लागि टोलीको घोषणा गरेको हो । अष्ट्रेलियाविरुद्ध भारतले युवा खेलाडीलाई उतार्ने भएको छ ।

हार्दिक पाण्ड्याको अनुपस्थितिमा सूर्यकुमारलाई कप्तानको जिम्मेवारी दिइएको छ । रुतुराज तीन खेलका लागि उपकप्तान रहनेछन् भने श्रेयस अय्यर दुई खेलका लागि उपकप्तान रहनेछन् । विश्वकपको व्यस्त तालिकापछि यो सिरिजका लागि सिनियर खेलाडीलाई आराम दिइएको छ ।

सञ्जु सामसनले फेरि पनि टिममा स्थान पाउन सकेनन् । टोलीमा इशान किशन र जितेश शर्मालाई विकेटकिपरको रुपमा राखिएको छ । यसअघि आयरल्याण्डको सिरिजमा सञ्जु सामसन परेका थिए । उनलाई एसिया कपको ट्राभल खेलाडीको रुपमा समावेश गरिएको थियो । तर, पछि उनलाई भारत फर्काइयो ।

भारतीय टोलीः सूर्यकुमार यादव (कप्तान), रुतुराज गायकवाड (उपकप्तान), इशान किशन, यशस्वी जैसवाल, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), वाशिंगटन सुन्दर, अक्षर पटेल, शिवम दुबे, रवि बिश्नोई, अर्शदीप सिंह, प्रसिद्ध कृष्ण, आवेश खान, मुकेश कुमार ।