१२ असार २०८३, शुक्रबार
,
Latest
रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिर ७ गते युवा संघले तिनकुनेमा कार्यक्रम गर्ने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले यही मंसिर ७ गते गर्ने भनेको ‘युवा–विद्यार्थी विशेष कार्यक्रम’ काठमाडौंको तिनकुनेमा गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको क्षेत्रलाई आजदेखि एक महिनासम्म निषेधित क्षेत्र घोषणा गरेपछि युवासंघले कार्यक्रमस्थल तिनकुने बनाएको हो ।

संघका अध्यक्ष क्षितिज थेबेले आज एक विज्ञप्ती जारी गर्दै कार्यक्रमको स्थान तय भएको जानकारी गराएका हुन् । मंसिर ७ गते नै दुर्गा प्रसाईंले पनि कार्यक्रम राखेपछि सरकारले माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।