• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

यमनविरुद्ध जित निकाल्ने नेपालको अपेक्षा



काठमाडौँ । नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले फिफा विश्वकप २०२६ एएफसी छनोटको दोस्रो चरणमा मंगलबार यमनबिरुद्ध चुनौति पस्तुत गर्न तयार रहेको बताएका छन् ।

नेपाल विश्वकप छनोटको दोस्रो चरणमा दोस्रो खेल खेल्न लागेको हो । समूह ‘एच’ मा रहेको नेपालले यसअघि संयुक्त अरब इमिरेट्स(युएई)विरुद्ध ४–० को हारपछि यमनको सामना गर्दैछ । नेपालले मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यमनसँग राती ७ बजे खेल्नेछ । सोमवार भएको पत्रकार सम्मेलनमा नेपालका कप्तान तथा गोलकिपर किरणले यमनसँगको खेल जित्नैपर्ने दबाबमा रहेको र त्यसका लागि टोली पनि मनोवैज्ञानिक रूपमा तयार नै रहेको बताएका हुन् ।

उनले युएईविरुद्धको हार मस्तिष्कबाट हटाइसकेको र नयाँ लक्ष्यसहित तयारी गरिएको उल्लेख गरे । यमन पनि समूहको पहिलो खेलमा बहराइनसँग २–० ले हार व्यहोरेर नेपाल आएको हो । फिफा वरीयतामा १५६ औं स्थानमा रहेको यमन १७३ औं वरीयताको टोली नेपालका लागि बलियो प्रतिद्वन्द्वी हुनेछ । तर, कप्तान किरण खेलाडीहरू बलियो टोली यमनबिरुद्ध मनोवैज्ञानिक रूपमा तयार रहेको बताउँछन् ।

घरेलु मैदानमा खेल्न पाउँदा सबैजना उत्साहित रहेको उल्लेख गर्दै कप्तान किरणले टोलीको समर्थनका लागि दर्शकको राम्रो उपस्थिति रहने समेत विश्वास व्यक्त गरेका छन् । टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले अधिकांश नयाँ खेलाडी रहे पनि यमनबिरुद्ध जित निकाल्ने आशा व्यक्त गरेका छन् । युएईसँगको खेलपछि टोलीको तयारी राम्रो भएको र पछिल्लो खेलमा भएको गल्ती सुधार गर्दै जित निकाल्ने उनको भनाइ छ । प्रशिक्षक एनेसले पनि घरेलु भूमीमा समर्थकको राम्रो साथ रहने विश्वास व्यक्त गरे ।

समूहविजेता र दोस्रो हुने टोलीले छनोटको तेस्रो चरणका साथै २०२७ एसियन कपमा सोझै स्थान बनाउनेछन् । त्यसैले समूहमा कमजोर मानिएका नेपाल र यमन दुवैका लागि मंगलबारको खेल महत्वपूर्ण रहनेछ । पछिल्ला समय चोटमा रहेका डिफेन्डर अनन्त तामाङ, मिडफिल्डर लाकेन लिम्बू र मनीष डाँगीको उक्त खेलमा सहभागिता बारे सबैको चासो थियो । यद्यपि, नेपालका प्रशिक्षक एनेसले युएईबिरुद्ध पहिलो हाफमा चोट बोक्न पुगेका मिडफिल्डर लाकेन यमनबिरुद्ध अनुपस्थित रहने उल्लेख गरे । अनन्तको पुनरागमन हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यमनबिरुद्ध टिकट मूल्य समेत निर्धारण गरिसकेको छ । एन्फाले साधारणतर्फ चार सय र भिआइपी प्यारापिटतर्फ एक हजार रुपैयाँ निर्धारण गरेको छ । सो खेल राती भएकाले एन्फाले समर्थकका लागि २५ वटा बसको व्यवस्था पनि गरेको जनाएको छ । मंगलवारका खेलका लागि नेपालले र यमनले सोमवार दशरथ रंगशालामा साँझ फरकफरक समयमा तयारीसमेत गरेका छन् ।