• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

हेडको शतकमा अष्ट्रेलिया छैटौं पटक विश्व च्याम्पियन, भारत घरमै स्तब्ध



काठमाडौँ । अष्ट्रेलियाले छैटौं पटक एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जितेको छ । आइतबार आयोजक भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया छैटौं पटक च्याम्पियन बनेको हो ।

अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा १ लाख ३३ हजार बढी दर्शकसामु अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै ट्रफि उचाल्यो ।

भारतले दिएको २४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । अष्ट्रेलियाको जितमा ट्रेभिस हेड नायक बने । उनले शतकीय पारी खेले ।

१२० बलमा १३७ रन जोडेका हेडले १५ चौका र ४ छक्का प्रहार गरे । यस्तै, मार्नस लाबुश्चेन ११० बलमा ५८ रनसहित अविजित रहे । मिचेल मार्शले १५ बलमा १५ रन जोड्दा ग्लेन म्याक्सवेल २ रनमा अविजित रहे ।

बलिङतर्फ भारतका लागि जसप्रित बुमराहले २ तथा मोहम्मद सिराज र मोहम्मद शामीले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४० रन बनाएको छ । उसका लागि विकेटकिपर केएल राहुलले एक सय सात बलमा ६६ रन बनाए ।

साथै विराट कोहलीले ५४ र कप्तान रोहित शर्माले ४७ रन बनाए । साथै सूर्यकुमार यादवले १८, कुलदीप यादवले १०, रविन्द्र जडेजा र मोहम्मद सिराजले नौरनौ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान गर्न सकेनन् ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन विकेट लिए भने जोस हेजलउड र प्याट कुमिन्सले दुई/दुई विकेट लिए । साथै ग्लेन म्याक्सवेल र अदाम जाम्पाले एक/एक विकेट लिए ।