२९ असार २०८३, सोमबार
,
Latest
राष्ट्रिय गौरवका आयोजना र आर्थिक संरचनाका चुनौतीबारे योजना आयोगको ब्रिफिङः गौरवका आयोजना १० वटामा सिमित… विकास आयोजनाका काममा ढिलासुस्ती स्वीकार्य छैनः मुख्यमन्त्री पाण्डे नेपालले ऊर्जा र खाद्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्छः उपाध्यक्ष डा. भट्ट नयाँ प्रणालीमार्फत राहदानी सेवा सुरु, तीन महिना स्थिरीकरण अवधि रहने मिडिया कार्यालय अगाडि शंकास्पद गाडी पार्किङ, आवतजावत प्रभावित आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल रोयल्टी दोब्बरपछि मिनी क्यासिनो संकटमा, ५ हजार रोजगारी र १५० करोड राजस्व जोखिममा २१३औँ भानु जयन्तीमा सभामुख अर्यालद्वारा आदिकवि भानुभक्तप्रति श्रद्धाञ्जली भिक्षु विद्यार्थीमाथि कुटपिटको आरोपपछि निष्पक्ष छानबिन र कारबाहीको माग डोलेश्वरमा श्रावणी मेलाको तयारी पूराः तीन लाख भक्तजन आउने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

२००३ को विश्वकप फाइनल र २०२३ को फाइनलमा यस्तो अचम्मको समानता



अ+ अ-

एजेन्सी । भारत र अस्ट्रेलियाबीचको विश्वकप २०२३ को फाइनल खेल आज अहमदाबादमा हुँदैछ । यस विश्वकपमा भारतीय टोलीको प्रदर्शन निकै उत्कृष्ट रहेको छ । भारतीय टोलीले अहिलेसम्म कुनै पनि खेलमा हार बेहोरेको छैन ।

यस्तो अवस्थामा फाइनल खेलमा पनि भारतीय टोली आफ्नो विजयी यात्रा कायम राख्न चाहन्छ र तेस्रो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने छ ।

टीम इन्डिया २० वर्षअघि विश्वकपको फाइनलमा अस्ट्रेलियासँग भएको हारको बदला लिन चाहन्छ । सन् २००३ को विश्वकप र २०२३ को विश्वकपको फाइनलबीच धेरै आश्चर्यजनक समानताहरू देखा परेको छ ।

१. २००३ मा जस्तै, भारत र अष्ट्रेलिया उपाधिका लागि भिड्दै
२० वर्षअघि विश्वकपको फाइनल खेल भारत र अस्ट्रेलियाबीच भएको थियो । अब २०२३ मा, एक पटक फेरि टीम इंडिया र अष्ट्रेलियाले विश्वकप फाइनलको टिकट पाएका छन् । सन् २००३ मा अष्ट्रेलियाले भारतलाई हराउँदै विश्वकपको उपाधि जितेको थियो ।

२.लगातार १० खेलमा जित
सन् २००३ को विश्वकपमा अस्ट्रेलियाको टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो । उसले एक खेलमा पनि हार नबेहोरी अपराजित रहँदै विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । सन् २०२३ मा भारतीय टोलीले यसपटक पनि त्यस्तै गरेको छ । भारतले लगातार १० खेल जितेर फाइनलको टिकट सुरक्षित गरेको छ ।

३. २० वर्षपछि पनि ‘राहुल’ले टिममा पाए जिम्मेवारी
२००३ को विश्वकपमा, राहुल द्रविडले कारणवश पूर्ण–समय विकेटकिपरको भूमिका खेलेका थिए । त्यस्तै, यस पटक ऋषभ पन्तको अनुपस्थितिमा, केएल राहुलले भारतका लागि पन्जा लगाउनु परेको थियो । केएल राहुलले किपिङ मात्रै होइन ब्याटिङमा पनि योगदान दिइरहेका छन् । राहुलले यो विश्वकपमा अहिलेसम्म १० खेलमा ३८६ रन बनाएका छन् ।