२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाका बलर जाम्पासँग किन डराउँछन् कोहली ?



अ+ अ-

एजेन्सी । आईसीसी विश्वकप २०२३ मा विराट कोहलीको ब्याटले रन बनाइरहेको छ । प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सुचीमा कोहली शीर्ष स्थानमा छन् ।

सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध शतक प्रहार गर्दै ‘किंग कोहली’ले यसपटक भारतलाई विश्व च्याम्पियन बनाएर मात्रै सफल हुने देखाएका छन् ।

तर, अष्ट्रेलियाविरुद्धको फाइनल खेलमा विराटले अष्ट्रेलियाका बलरविरुद्ध निकै सावधानी अपनाउनुपर्नेछ । ती बलर अरु कोहि होइन एडम जाम्पा हुन् । जाम्पाले आफ्नो घुमाउरो बलले कोहलीलाई धेरैपटक समस्यामा पारेका छन् । जाम्पा विराटको ब्याट नियन्त्रण गर्न कप्तान प्याट कमिन्सको सबैभन्दा ठूलो हतियार साबित हुनेछन् ।

वास्तवमा एडम जाम्पाले एकदिवसीय क्रिकेटमा विराट कोहलीलाई निकै समस्यामा पारेका छन् । विराट र जाम्पा १३ खेलमा आमनेसामने भएका छन् । यस अवधिमा कोहलीले २३२ बलमा २५४ रन बनाएका छन् ।

विराटले जाम्पाविरुद्ध रन त बनाएका छन्, तर उनले ५० ओभरको ढाँचामा पाँच पटक आफ्नो विकेट स्पिन बलर जाम्पालाई दिएका छन् । यही कारणले गर्दा कोहलीले उपाधि खेलमा जाम्पाविरुद्ध निकै सावधानीपूर्वक शट खेल्नुपर्नेछ ।

यद्यपि, अष्ट्रेलियाविरुद्ध भने कोहलीले सानदार रन बनाएका छन् । उनले अष्ट्रेलियाविरुद्ध खेलेका ४६ इनिङ्समा ५३.७९ को औसतमा २३१३ रन बनाएका छन् । विराटले अस्ट्रेलियाविरुद्धको ५० ओभरको ढाँचामा ८ शतक र १३ अर्धशतक प्रहार गरेका छन् ।

कोहलीले अहिलेसम्म प्रतियोगितामा खेलेका १० खेलमा १०१ को औसत र ९० को स्ट्राइक रेटमा ७११ रन बनाएका छन् । यो अवधिमा विराटले तीन शतक र सात अर्धशतक बनाएका छन् । न्युजिल्याण्डविरुद्धको सेमिफाइनल खेलमा विराटले ११३ बलमा ११७ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।