• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

टर्कीसँग हार्यो जर्मनी



एजेन्सी । मैत्रीपूर्ण फुटबलमा जर्मनीले हार ब्यहोरेको छ । गएराति भएको खेलमा जर्मनी टर्कीसँग ३–२ गोलले पराजित भएको हो ।

खेलमा सुरुवाती अग्रता भने घरेलु टोली जर्मनीले लिएको थियो । खेलको पाँचौ मिनेटमा काई हाभेट्र्जले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए । यता, ३८ औं मिनेटमा फेड्री काडिओग्लुले गोल गर्दै टर्कीलाई १–१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफको इन्जुरी समयमा केनान इल्डिजले गोल गर्दै टर्कीलाई २–१ गोलले अघि बढाए । यता, ४९ औं मिनेटमा निकलास फुल्क्रगले गोल गर्दै जर्मनीलाई २–२ गोलको बराबरीमा ल्याए ।

तर, ७१ औं मिनेटमा युसुफ सारीले पेनाल्टीमार्फत गोल गर्दै टर्कीलाई ३–२ गोलको जित दिलाए ।