२८ असार २०८३, आईतवार
,
Latest
दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै कञ्चनपुरकाे मध्यवर्ती सामुदायिक वन टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्डः दुइको मृत्यु, चार घाइते सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव ६ महिना यताकै न्युन बिन्दुमा सेयर बजारः नयाँ सरकार गठनपछि नेप्से ३५० अंकले गिरावट लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन : एमाले नेता आचार्य पोखरामा शाहसिक पर्यटनको आकर्षणः भारतीय र बंगलादेशी पर्यटकको चहलपहलसँगै सुरक्षा निगरानीमा कडाइ भोजपुरमा विद्यार्थीलाई परम्परागतसँगै सांस्कृतिक ज्ञान प्रदान गर्दै समता स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्यान्डसँग भिडन्त रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाइनल अघि कमिन्सले भने – भारत धेरै राम्रो टोली हो, तर हामी पनि राम्रो खेलिरहेका छौं



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ को फाइनल खेलको एक दिन अगाडि शनिबार अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले भारतका फास्ट बलर मोहम्मद शामीको तारिफ गरेका थिए । उनले शामीलाई आफ्नो टोलीका लागि सबैभन्दा ठूलो खतरा भनेका छन् ।

पत्रकार सम्मेलनमा कमिन्सले भने, ‘शामी निकै राम्रो खेलिरहेका छन् । उनको बलिङ राम्रो छ ।’

उनले यो पनि भने कि प्रतियोगितामा भारतको प्रदर्शन धेरै राम्रो छ । भारत धेरै राम्रो टोली भएको बताउँदै अष्ट्रेलियाले पनि राम्रो खेलिरहेको बताए ।’

उनले भने –
अहमदाबादको भीडले एकतर्फी रूपमा भारतलाई समर्थन गर्नेछ । अहमदाबादमा भारतीय टोलीलाई ठूलो समर्थन मिलेको छ र यो विश्वकपमा पाकिस्तानविरुद्धको खेलमा देखिएको थियो, तर खेलमा १–३ लाख दर्शकलाई चुप गराउनु सन्तोषजनक हुनेछ ।

हामीले राम्रो सुरुवात गर्न सकेनौं, तर एक टिमको रूपमा हामीले राम्रो प्रदर्शन गरिरहेका छौं । हो, हामी पहिलो दुई खेल हारेर १९९९ मा च्याम्पियन बन्यौं, तर त्यो अहिले पुरानो भइसकेको छ । हाम्रो ध्यान भोलि हुने फाइनलमा छ ।