२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकै सबैभन्दा महँगो कारको मूल्य कति ?



अ+ अ-

एजेन्सी । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले हालै विश्वकै सबैभन्दा महँगो कार खरिद गरेका छन् । दुनियाँको सबैभन्दा महँगो कार बुगाटी ला वायोएवर हो ।

दुनियाँकै महँगो उक्त कारको मूल्य कति होला ? समाचार अनुसार रोनाल्डोले उक्त कार खरिद गर्न एक अर्ब २० करोड रुपैयाँ अर्थात् ८५ लाख युरो बराबरको रकम खर्चिएका छन् ।

रोचक त के भने रोनाल्डोले किनेको यो कार बनाउने कम्पनीले अहिलेसम्म यो मोडलका केवल १० वटामात्र कार उत्पादन गरेको छ । रोनाल्डोले खरिद गरेको यो कार आगामी वर्ष सन् २०२१ सम्ममा कम्पनीले उनलाई उपलब्ध गराउनेछ ।

हालै आफ्नो क्लब युभेन्टसले इटालियन सिरी ए को उपाधि जितेको खुसियालीमा रोनाल्डोले उक्त कार खरिद गरेका हुन् । रोनाल्डोले आफ्ना फ्यानहरुका लागि उक्त कारको तस्वीर इन्स्टाग्राममा पोस्ट गरेका छन् । 

रोनाल्डोसँग यो बाहेक अरु करोडौँका कारणसमेत रहेका छन् । उनको ग्यारेजमा यसअघि नै ३ करोड युरो बराबरका कारहरु रहेका छन् ।  अहिले रोनाल्डोले खरिद गरेको सबैभन्दा महँगो बुगाटी ला वायोएभरको अधिकतम गति ३८० किलोमिटर प्रतिघण्टा रहेको छ ।

हालैमात्र नाइकी र बुगाटी कम्पनी मिलेर रोनाल्डोका लागि एक विशेष बुटसमेत बनाएका छन् । उक्त बुटको नाम नाइकी मर्क्युरियल सुपरफ्लरी ऋच्ठ म्ष्भअष् हो ।