• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन

देशलाई विदेशीको क्रिडास्थल बनाउन एमाले र सेनामाथि प्रहार भइरहेको छ: महासचिव पोखरेल



file photo

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई विदेशीहरुको क्रिडास्थल बनाउन एमाले र नेपाली सेनामाथि प्रहार भइरहेको बताउनुभएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली सेना र नेकपा एमाले कमजोर बनाउन सके नेपाल राष्ट्रलाई विदेशीहरुको क्रिडास्थल बनाउन सकिने मनशायले नेकपा एमालेमाथि प्रहार भइरहेको बताउनु भयो ।

उहाँले सत्तामा रहनेहरुको प्रहारको निशाना, आफूलाई वैकल्पिक शक्ति भनेर आउनेहरुको निशानामा र प्रतिगामीहरुको निशानामा नेकपा एमाले किन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले यो प्रहार एमालेमाथिको प्रहार नभइ देशभक्त शक्तिमाथिको प्रहार भएको दाबी गर्नुभ्यो । उहाँले एमाले नेतृत्वमाथिको प्रहार नेपाली जनताको भविष्यमाथिको प्रहार भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यतिबेला दुई शक्तिमाथि प्रहार भइरहेको छ । एउटा नेकपा एमाले र अर्को नेपाली सेना । यी दुई वटा शक्तिलाई कमजोर पार्न सकियो भने नेपाल राष्ट्रलाई विदेशीहरुको क्रिडास्थल बनाउन सकिन्छ, पकेट बनाउन सकिन्छ, नेपाल राज्यलाई भन्ने मान्यताका आधारमा नेकपा एमालेमाथि प्रहार भइरहेको छ । हामीले भन्नसक्नुपर्छ, नेकपा एमाले यतिबेला सरकारमा छैन, तर प्रहारको निशानामा नेकपा एमाले छ । सत्तामा रहनेहरुको प्रहारको निशाना एमाले, आफूलाई वैकल्पिक शक्ति भनेर पुराना होइन, नयाँ भन्नेहरुको प्रहारको निशाना पनि एमाले, परिवर्तन असफल भयो, अब राजा नै चाहिन्छ भन्नेहरु प्रतिगामीको प्रहारको निशाना पनि एमाले । के नेकपा एमाले अहिले सरकारमा छ र ? प्रतिपक्षमा रहेको यो पार्टीमाथिको प्रहार किन ? हामी सबैले गम्भीरतापूर्वक मनन गर्नुपर्छ । यो एमालेमाथिको प्रहार होइन, देशभक्त शक्तिमाथिको प्रहार हो । यो एमाले नेतृत्वमाथिको प्रहार होइन, नेपाली जनताको भविष्यमाथिको प्रहार हो ।’

महासचिव पोखरेलले राष्ट्रनिर्माणको नयाँ यात्रा आरम्भ गर्नका लागि अब नेकपा एमाले संवद्ध युवा विद्यार्थी संगठनहरु जुर्मुराएको बताउनु भयो । उहाँले मंसिर ७ एक किसिमले नेकपा एमालेका वार्मअप मात्रै भएको बताउनु भयो ।