१२ पुष २०८१, शुक्रबार
,
Latest
मुलुक निर्माणको लागि आत्मविश्वासको साथ अघि बढ्नुपर्नेः महासचिव पोखरेल मेला महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै अर्थतन्त्र चलायमान बनाउन टेवा पुर्याउँछः उपप्रधानमन्त्री सिंह जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’ गाउँपालिका, नगरपालिका र जिसस महासङ्घद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण ‘होस्टेल ३’ को नयाँ प्रदर्शन मिति फागुन २३ तय, हास्यरस मिसाइएको पोस्टर सार्वजनिक मोहन वैद्य अस्पताल भर्ना ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाँडै फर्कन विश्वविद्यालयहरूको आग्रह दशगजा वारिपारि पहेँलपुर तोरीबारी खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह अमिताभ बच्चनलाई एटीएम कार्ड प्रयोग गर्न आउँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशलाई विदेशीको क्रिडास्थल बनाउन एमाले र सेनामाथि प्रहार भइरहेको छ: महासचिव पोखरेल



file photo
अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई विदेशीहरुको क्रिडास्थल बनाउन एमाले र नेपाली सेनामाथि प्रहार भइरहेको बताउनुभएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली सेना र नेकपा एमाले कमजोर बनाउन सके नेपाल राष्ट्रलाई विदेशीहरुको क्रिडास्थल बनाउन सकिने मनशायले नेकपा एमालेमाथि प्रहार भइरहेको बताउनु भयो ।

उहाँले सत्तामा रहनेहरुको प्रहारको निशाना, आफूलाई वैकल्पिक शक्ति भनेर आउनेहरुको निशानामा र प्रतिगामीहरुको निशानामा नेकपा एमाले किन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले यो प्रहार एमालेमाथिको प्रहार नभइ देशभक्त शक्तिमाथिको प्रहार भएको दाबी गर्नुभ्यो । उहाँले एमाले नेतृत्वमाथिको प्रहार नेपाली जनताको भविष्यमाथिको प्रहार भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यतिबेला दुई शक्तिमाथि प्रहार भइरहेको छ । एउटा नेकपा एमाले र अर्को नेपाली सेना । यी दुई वटा शक्तिलाई कमजोर पार्न सकियो भने नेपाल राष्ट्रलाई विदेशीहरुको क्रिडास्थल बनाउन सकिन्छ, पकेट बनाउन सकिन्छ, नेपाल राज्यलाई भन्ने मान्यताका आधारमा नेकपा एमालेमाथि प्रहार भइरहेको छ । हामीले भन्नसक्नुपर्छ, नेकपा एमाले यतिबेला सरकारमा छैन, तर प्रहारको निशानामा नेकपा एमाले छ । सत्तामा रहनेहरुको प्रहारको निशाना एमाले, आफूलाई वैकल्पिक शक्ति भनेर पुराना होइन, नयाँ भन्नेहरुको प्रहारको निशाना पनि एमाले, परिवर्तन असफल भयो, अब राजा नै चाहिन्छ भन्नेहरु प्रतिगामीको प्रहारको निशाना पनि एमाले । के नेकपा एमाले अहिले सरकारमा छ र ? प्रतिपक्षमा रहेको यो पार्टीमाथिको प्रहार किन ? हामी सबैले गम्भीरतापूर्वक मनन गर्नुपर्छ । यो एमालेमाथिको प्रहार होइन, देशभक्त शक्तिमाथिको प्रहार हो । यो एमाले नेतृत्वमाथिको प्रहार होइन, नेपाली जनताको भविष्यमाथिको प्रहार हो ।’

महासचिव पोखरेलले राष्ट्रनिर्माणको नयाँ यात्रा आरम्भ गर्नका लागि अब नेकपा एमाले संवद्ध युवा विद्यार्थी संगठनहरु जुर्मुराएको बताउनु भयो । उहाँले मंसिर ७ एक किसिमले नेकपा एमालेका वार्मअप मात्रै भएको बताउनु भयो ।