• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

विश्वकै सबैभन्दा महँगो कारको मूल्य कति ?



एजेन्सी । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले हालै विश्वकै सबैभन्दा महँगो कार खरिद गरेका छन् । दुनियाँको सबैभन्दा महँगो कार बुगाटी ला वायोएवर हो ।

दुनियाँकै महँगो उक्त कारको मूल्य कति होला ? समाचार अनुसार रोनाल्डोले उक्त कार खरिद गर्न एक अर्ब २० करोड रुपैयाँ अर्थात् ८५ लाख युरो बराबरको रकम खर्चिएका छन् ।

रोचक त के भने रोनाल्डोले किनेको यो कार बनाउने कम्पनीले अहिलेसम्म यो मोडलका केवल १० वटामात्र कार उत्पादन गरेको छ । रोनाल्डोले खरिद गरेको यो कार आगामी वर्ष सन् २०२१ सम्ममा कम्पनीले उनलाई उपलब्ध गराउनेछ ।

हालै आफ्नो क्लब युभेन्टसले इटालियन सिरी ए को उपाधि जितेको खुसियालीमा रोनाल्डोले उक्त कार खरिद गरेका हुन् । रोनाल्डोले आफ्ना फ्यानहरुका लागि उक्त कारको तस्वीर इन्स्टाग्राममा पोस्ट गरेका छन् । 

रोनाल्डोसँग यो बाहेक अरु करोडौँका कारणसमेत रहेका छन् । उनको ग्यारेजमा यसअघि नै ३ करोड युरो बराबरका कारहरु रहेका छन् ।  अहिले रोनाल्डोले खरिद गरेको सबैभन्दा महँगो बुगाटी ला वायोएभरको अधिकतम गति ३८० किलोमिटर प्रतिघण्टा रहेको छ ।

हालैमात्र नाइकी र बुगाटी कम्पनी मिलेर रोनाल्डोका लागि एक विशेष बुटसमेत बनाएका छन् । उक्त बुटको नाम नाइकी मर्क्युरियल सुपरफ्लरी ऋच्ठ म्ष्भअष् हो ।