१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीको तीन दिने घरदैलो अभियान सुरु



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी गराउने मतदाताहरुको सम्मानमा घरदैलो कार्यक्रम सुरु गरेको छ । आज बाट सुरु भएको यो अभियान आईतबार सोमबार पनि जारी रहने छ ।

निर्वाचन भएको एक वर्ष पुगेको अवसरमा मतदातालाई धन्यवाद दिन मंसिर ४ गतेको निर्वाचनमा उम्मेदवार भएका सबैजना आ आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने तयारी रास्वपाले गरेको छ । संसदमा रास्वपाका २१ सांसद र पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य छन् । गत निर्वाचनमा रास्वपाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १३१ र समानुपातिकमा १०७ जना उम्मेदवार उठाएको थियो ।

रास्वपा सभापति रवि लामिछानेले न्युजपोलारसंग भन्नुभयो, ‘निर्वाचनमा मत माग्न गएजस्तै घर–घर टोल–टोलमा गएर धन्यवाद दिने र हामी प्रतिबद्धतामा अडिक छौँ भन्ने सन्देश दिनेछौं । उहाँले अगाडि भन्नुभयो, प्रदेश र संघीय निर्वाचन सकिएको एक वर्ष पुगेको अवसरमा जनताका गुनासा र सुझाव सुन्न घरदैलोमा भएको बताउनु भयो ।”

उहाँले भन्नुभयो “घरदैलो चुनावका बेला मात्र होइन, निरन्तर हुनुपर्छ । गत वर्षको मंसिर ४ र मेरो र स्वर्णीम वाग्लेजीको हकमा यसै वर्षको वैशाख १० गते ‘घण्टी’ मा मतदान गरी रास्वपालाई चौथो शक्तिका रुपमा स्थापित गरिदिनुभएकोमा धन्यवाद व्यक्त गर्दछौ । ”

उहाँले अगाडी भन्नुभयो “निर्वाचनको एक वर्ष पूरा भएको अवसरमा रास्वपा आभार व्यक्त गर्न फेरि घरदैलोमा जादैँ छौ , निर्धक्कका साथ सल्लाह र सुझाव दिएर हामीलाई निरन्तर खवरदारी र मार्गनिर्देशन गर्नुहुन अनुरोध पनि गरेका छौ ।”

घरदैलो कार्यक्रम अन्तर्गत मंसिर २, ३ र ४ गते आफूले गरेका कामको रिपोर्ट लिएर चितवन २ का जनताका घरदैलोमा जाने क्रममा फिल्डमा पुगिसकेको उहाँले जानकारी दिनुभयो ।

यही कात्तिक २३ गते बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले घरदैलो कार्यक्रम गर्ने निर्णय गरेको थियो । २०७९ असार ७ मा स्थापना भएको रास्वपाले ६ महिना नपुग्दै प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ स्थानमा विजयी हुनुका साथै समानुपातिकमा ११ लाख ३० हजार ३४४ मत प्राप्त गरी १४ सांसद विजयी भएका थिए ।