१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

प्रधानमन्त्री दाहाल र कांग्रेस नेता निधिबीच भेटघाट

प्रधानमन्त्री दाहाल र कांग्रेस नेता निधिबीच भेटघाट
अ अ+ अ-

काठमाडौं; नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहालबीच शुक्रबार भेटघाट भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा निधिले सातवटै प्रदेश सरकारको मातहतमा सुरक्षा निकाय नभएको भन्दै तत्काल त्यससम्बन्धी कानुनी प्रकृया पूरा गरेर प्रदेश सरकारलाई बलियो बनाउनु पर्नेमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए। हिजोका दिनमा कांग्रेस प्रतिपक्षमा रहेका बेला प्रदेश मातहत प्रहरी चाहियो भनेर मधेश प्रदेशले विधेयक पारित गर्दा सरकारलाई चिसो पसेको स्मरण गराउँदै निधिले अहिले सातवटै प्रदेश सरकारले आफू मातहत प्रहरी संगठन नहुँदा काम गर्न कठिनाई महशुस गरेको जानकारी गराए।

यसैगरी प्रदेशको छुट्टै निजामति कर्मचारी हुनुपर्ने भन्दै यी दुई कुरा नभएसम्म कसरी सरकार भन्न सकिन्छ भन्ने निधिको प्रश्न थियो। उनले यससम्बन्धी आवश्यक कानुन बनाएर स्थानीय तहलाई सानातिना कामका लागि सिंहदरबार आउन नपर्ने व्यबस्था मिलाउनु पर्नेमा दाहालको ध्यानाकर्षण गराएका थिए। यसो यति काम गर्नासाथ संघीयता बिरोधी शक्तिहरु आफैं कमजोर हुने निधिको विश्वास थियो। जबाफमा प्रधानमन्त्री दाहालले यस बिषयमा आफू सकारात्मक भएको भन्दै प्रहरी ऐन तयार भइसकेको र कार्यान्वयनका बाँकी काम छिट्टै पूरा गर्ने तथा निजामति कर्मचारी सम्बन्धी ऐन बनाउने प्रतिबद्धता जनाएका थिए।

प्रधानमन्त्रीसंगको भेटमा निधिले संसद विकास कोषको रकम भूकम्प प्रभाबित जाजरकोट र रुकुमका पीडितका लागि व्यबस्था गर्नु सकारात्मक काम भन्दै सरकारको प्रशंसा गरेका थिए। यसैगरी नेपाल संवतलाई राष्टिय संवतको मान्यता दिएकोमा सरकारलाई उनले बधाई दिएका थिए।

निधिले महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको गठन आदेश छिटो ल्याउनका लागि सरकारको ध्यानाकर्षण गराएका थिए। जबाफमा प्रधानमन्त्री दाहालले यस बिषयमा आफू सकारात्मक रहेको भन्दै छिट्टै ल्याउने आश्वासन दिएका थिए। यसैगरी राजर्षी जनक विश्वविद्यालयको केन्द्रीय कार्यालयका लािग जग्गा प्राप्ति अन्तिम चरणमा रहेकोले त्यस सम्बन्धी निर्णय गर्न पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए। दाहालले यस बिषयमा पनि आफू सकारात्मक भएको बताएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमणका क्रममा जनकपुरको विकासका लागि एक सय करोडको प्रतिबद्धता जनाएको स्मरण गराउँदै नेता निधिले सो रकम रामजानकी अन्तर्राष्टिय रंगशालामा लगानी गर्न मधेश प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले समेत सुझाव दिएको बताए।

यस सम्बन्धमा भारतीय दूतावासमा कुरा गर्दा त्याँहाका अधिकारीहरु त्यसका लागि तयार भएको भन्दै उनले सरकारलाई प्रकृया अघि बढाउनका लागि आग्रह गरेका थिए। जवाफमा प्रधानमन्त्री दाहालले सहमति जनाएको निधिले जानकारी दिए। सोही भेटमा निधिले दशैं अगाडि एकसाता आफूले हुम्लाको लाप्चा र हिल्सा सिमा नाकामा देखिएको समस्याबारे पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए।