१६ भाद्र २०८३, मंगलवार
,
Latest
रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेरी नगरपालिकामा भूकम्पले भत्किएको संरचनाहरु हटाउदै सफाई अभियान सुरु



अ+ अ-

काठमाडौ । भेरी नगरपालिकाले जाजरकोट भूकम्पले क्षतिग्रस्त बनेका घरहरुको सफाई सुरु गरेको छ ।

नगर प्रमुख चन्द्र प्रकाश घर्तीका अनुसार भुकम्पले क्षतिग्रस्त भेरी नगरपालिका-३, माथिल्लो थाप्लेका सम्पूर्ण घरहरुका सफाई अभियान सुरु गरिएको छ ।

घर्तीका अनुसार एमालेको भातृ संगठन जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको नेतृत्वमा करिब ५० जनाको सीपयुक्त जनशक्तिको सहयोगमा सफाई अभियान सुरु गरिएको हो।

शुक्रबार बिहान ७ बजे बाट सुरु भएका सफाई अभियान केही दिन जारी रहने छ ।

गत कार्तिक १७ गते राती ११ ४७ मा जाजरकोट बारेकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी सो नगरपालीकाका ४५ जनाको मृत्यु हुनुका साथै ठूलो मात्राको भौतक संरचनामा क्षति पुगेको थियो ।