१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पले भत्किएको संरचनाहरु हटाउन सफाई अभियान सुरु गर्दै भेरी नगरपालिका



अ+ अ-

काठमाडौ । भेरी नगरपालिकाले जाजरकोट भूकम्पले क्षतिग्रस्त बनेका घरहरुको सफाई शुक्रबारबाट सुरु गर्ने भएको छ ।

नगर प्रमुख चन्द्र प्रकाश घर्तीका अनुसार भुकम्पले क्षतिग्रस्त भेरी नगरपालिका-३, माथिल्लो थाप्लेका सम्पूर्ण घरहरुका सफाई सुरु गर्न लागिएको हो ।

घर्तीका अनुसार एमालेको भातृ संगठन जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको नेतृत्वमा करिब ५० जनाको सीपयुक्त जनशक्तिको सहयोममा सफाई अभियान सुरु गर्न लागिएका हो ।

शुक्रबार बिहान ७ बजे बाट सफाई अभियान सुरु हुनेछ । गत कार्तिक १७ गते राती ११ ४७ मा जाजरकोट बारेकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी सो नगरपालीकाका ४५ जनाको मृत्यु हुनुका साथै ठूलो मात्राको भौतक संरचनामा क्षति पुगेको थियो ।