५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकप छनोटः नेपालले यूएईसँग खेल्दै



अ+ अ-

काठमाडौँ । फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र यूएईबीचको खेल आज राति ९ः३० बजे दुबईस्थित अल माक्तुम स्टेडियममा सुरु हुनेछ । नेपाल रहेको समूह एच मा यूएईका साथै बहराइन र यमन रहेका छन् । वरीयताका आधारमा यूएई बलियो टोली हो ।

नेपालको दोस्रो खेल मंसिर ५ गते घरेलु मैदान दशरथ रंगशालामा यमनसँग हुनेछ ।

पहिलो चरणमा लाओसविरुद्ध दुई लेगको खेलमा समग्रमा २-१ ले विजयी हुँदै नेपालले दोस्रो चरणको यात्रा तय गरेको थियो ।