१० श्रावण २०८३, आईतवार
,
Latest
नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत १२ वर्षपछि क्रिकेट विश्वकपको फाइनलमा



अ+ अ-

एजेन्सी । आयोजक भारतले आइसिसी एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा स्थान बनाएको छ । न्युजिल्यान्डमाथि ७० रनको जित निकाल्दै भारत सन् २०११ पछि पहिलोपटक क्रिकेट विश्वकपको फाइनलमा पुगेको हो ।

भारतले अब उपाधिका लागि आइतबार अस्ट्रेलिया वा दक्षिण अफ्रिका मध्ये एक टिमसँग खेल्नेछ ।

भारतले दिएको ३९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८।५ ‌ओभरमा ३२७ रनमा अलआउट भयो ।

न्युजिल्यान्डका लागि ड्यारल मिचेलले १३४ रन र कप्तान केन विलियमसनले ६९ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन ।

बलिङमा भारतका मोहमद सामीले ७ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३९७ रन जोड्यो ।

भारतका लागि विराट कोहलीले कीर्तिमानी शतकीय पारी खेले । उनले ११३ बलमा ११७ रन जोडे । उनको यो एकदिवसीय क्रिकेटमा ५० औं शतक हो । उनले यस मामिलामा सचिन तेन्दुलकरलाई पछि पारे । सचिनले एकदिवसीय क्रिकेटमा ४९ शतक बनाएका थिए ।

यस्तै, श्रेयस ऐय्यरले ७० बलमा १०५ रनको शतकीय पारी खेले । शुभमन गिलले ६६ बलमा ८० रनको योगदान दिए । उनी चोट बोकेपछि रिटायर्ड हर्ट हुँदै मैदानबाट बाहिरिएका थिए । यस्तै रोहित शर्माले २९ बलमा ४७ रन बनाए भने केएल राहुल ३९ रनमा अविजित रहे ।

बलिङतर्फ न्युजिल्याण्डका टिम साउथीले ३ तथा ट्रेन्ट बोल्टले एक विकेट लिए ।