१२ भाद्र २०८३, शुक्रबार
,
Latest
विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशी समुदायमा ‘भैयादुज जमाभुर्की’ पूजन



अ+ अ-

खजुरा (बाँके) : पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन अर्थात् यम द्धितीयाका दिन आज ‘भैयादुज जमाभुर्की’ पुजन गरी आ–आफनो दाजुभाइलाई टीका लगाइ चिउरा, भुर्की र मिठाइ खुवाएका छन् ।

यस पर्वमा घरको आँगनमा गाईको गोबरले लिपपोत गरी भाइको चित्र कोरेर, नदी तलाउ, पर्वत, बाघ, भालु, सर्प, वन जङ्गलको चित्र बनाएर जङ्गलमा पाइने कुशलगायत विभिन्न काँडा राखी त्यसमाथि सिलौटा राखेर पूजा गर्ने चलन छ ।

उक्त सिलौटामा चामलको पिठोले नदी बनाई त्यसमा धर्म भाइको मूर्ति बनाएर पूजा गरिन्छ । गाउँ टोलका सम्पूर्ण महिला एकजुट भई सामूहिक रुपमा भुर्की पूजन गर्दछन् । त्यस क्रममा भाइबहिनीको सुख, समृद्धि र शान्तिका लागि विभिन्न कथा सुनाउने गरिएको अगुवा महिला रेखादेवी शर्माले बताउनुभयो ।

भुर्की पूजनका क्रममा दिदीबहिनीले बिहानैदेखि व्रत बसेर आ—आफनो दाजुभाइको सुख, शान्ति, उन्नति, सु–स्वास्थ्य, प्रगतिलगायतको कामना गर्ने प्रचलन रहेको वरिष्ठ अवधि साहित्यकार विष्णुलाल कुमालले बताउनुभयो । आज पूजा गरिएको चिउरा भुर्की टाढा रहेका आफ्ना दाजुभाइलाई कात्तिक पूर्णिमासम्म खुवाउने प्रचलन छ । आज भाइटीकाको मुख्य साइतमा भुर्की पूजनको कार्य गरिएको छ ।

दाजुभाइको सुख, शान्ति, उन्नत्ति, र दीर्घायुका लागि भुर्की पूजा गरी टीका लगाएको नेपालगञ्ज–६ का रागिनी साहुले बताउनुभयो । रासस