५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराट कोहलीले तोडे सचिनको रेकर्ड



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्वक्रिकेटर सचिन तेन्दुलकरको नाममा रहेको सर्वाधिक शतकको रेकर्ड भङ्ग गरेका छन् ।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलअन्तर्गत न्युजिल्यान्डसँगको खेलमा शतक बनाउँदै कोहलीले सचिनको सर्वाधिक ४९ शतकको रेकर्ड तोडेका हुन् ।

योसँगै कोहली एकदिवसीय क्रिकेटमा ५० शतक बनाउने पहिलो खेलाडी बनेका छन् । तेन्दुलकरले ४ सय ५२ इनिङ्समा ४९ औँ शतक पूरा गरेका थिए । कोहलीले मात्र २ सय ७९ इनिङ्समा ५० औँ शतक बनाइ कीर्तिमान राखे ।