२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराट कोहलीले तोडे सचिनको रेकर्ड



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्वक्रिकेटर सचिन तेन्दुलकरको नाममा रहेको सर्वाधिक शतकको रेकर्ड भङ्ग गरेका छन् ।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलअन्तर्गत न्युजिल्यान्डसँगको खेलमा शतक बनाउँदै कोहलीले सचिनको सर्वाधिक ४९ शतकको रेकर्ड तोडेका हुन् ।

योसँगै कोहली एकदिवसीय क्रिकेटमा ५० शतक बनाउने पहिलो खेलाडी बनेका छन् । तेन्दुलकरले ४ सय ५२ इनिङ्समा ४९ औँ शतक पूरा गरेका थिए । कोहलीले मात्र २ सय ७९ इनिङ्समा ५० औँ शतक बनाइ कीर्तिमान राखे ।