२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष नेपाल स्वदेश फिर्ता



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चीनबाट गए राति स्वदेश फिर्ता भएका छन् ।

दक्षिण एसियाली पार्टीहरूको भेलामा सहभागी हुन अध्यक्ष नेपाल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल यही कात्तिक २१ गते चीन प्रस्थान गरेको थियो । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा उक्त प्रतिनिधिमण्डल चीनको खुनमिङ सहरमा भएको उक्त कार्यक्रममा सहभागी भएर स्वदेश फर्केको हो ।

‘सेयरिङ द अचिभमेन्ट अफ द बिआरआई’ कार्यक्रममा समेत अध्यक्ष नेपालसहितको टोलीले भाग लिएको थियो । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताहरूसँग भेटघाट तथा छलफल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्बन्ध सुदृढीकरणलगायत विषयमा छलफल भएको सो पार्टीले जनाएको छ ।