• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

विधिपूर्वक गरियो म्हः (आत्म) पूजा



काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदाय गर्ने म्हः (आत्म) पूजा आज साँझ विधिपूर्वक सम्पन्न भएको छ ।

कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा गरे वर्षभर सुख, शान्ति एवं खुसीयाली मिल्ने जनविश्वासमा यो पर्व मनाउने गरिन्छ । यो वर्ष नेपाल संवत्को पहिलो दिन गर्ने गरिएको छ ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा यो पर्व मनाउने गरिएको हो ।

यस वर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको थियो । यसैगरी एकथरी नेवार समुदायले आज म्हः (आत्म) पूजा गरेका हुन् ।

अधिकांशले आज म्ह: (आत्म) पूजा गरेको जनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि आज नै म्ह: (आत्म) पूजा गर्नुपर्ने उल्लेख गरेको छ ।रासस