२६ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावित क्षेत्रबाट बालबालिका लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह मधेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश सुदूरपश्चिममा मानवअधिकार संरक्षणमा बहुआयामिक चुनौती गुल्मीमा ३८ जातका कफीको परीक्षण कामपाको सम्पर्कमा रहेका बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय भर्ना विस्थापित बालबालिकालाई विद्यालय शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार भोटेकोशी बाढी उद्धारमा चीनले दिएको भारी क्षमताका ड्रोन परिचालन बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हामी ११ खेलका लागि होइन एकै खेलका लागि केन्द्रीत छौँ’



अ+ अ-

एजेन्सी । आइतबार २०२३ को विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा टीम इन्डियाले नेदरल्यान्ड्सलाई १६० रनले हरायो । पहिले ब्याटिङ गरेको भारतले ४१०/४ रनको ठूलो स्कोर बनायो । रोहित शर्माको टोली विश्वकपमा अझै अपराजित छ । यसैबीच भारतले अब सेमिफाइनलमा न्युजिल्याण्डको सामना गर्नेछ ।

खेल जितेपछि भारतीय टोलीका कप्तान रोहित शर्माले भने, ‘साँच्चै भन्नुपर्दा हामीले यस प्रतियोगितामा धेरै अगाडि बढ्ने सोचेका थिएनौँ । यति ठूलो प्रतियोगितामा तपाईं धेरै अगाडि सोच्न सक्नुहुन्न । यदि सबै कुरा ठीक छ भने, तपाईंले ११ खेल खेल्नुपर्छ । यस कारणले गर्दा, एक पटकमा एक खेलको बारेमा मात्रै सोँच्नु राम्रो हुन्छ ।’

रोहितले थप भने, ‘अहिलेसम्म हामीले जति प्रदर्शन गरेका छौं, त्यो अचम्मको छ । हरेक खेलमा कोही न कोही हाम्रो लागि हिरो बने र जिम्मेवारीका साथ राम्रो प्रदर्शन गरे । हामीलाई यहाँको अवस्था थाहा छ, तर विभिन्न टोलीसँग खेल्न सजिलो हुँदैन ।’

भारतका लागि रोहित, शुभमन गिल र विराट कोहलीले अर्धशतक बनाए भने श्रेयस अय्यर र केएल राहुलले शतकीय पारी खेले ।