• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

‘हामी ११ खेलका लागि होइन एकै खेलका लागि केन्द्रीत छौँ’



एजेन्सी । आइतबार २०२३ को विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा टीम इन्डियाले नेदरल्यान्ड्सलाई १६० रनले हरायो । पहिले ब्याटिङ गरेको भारतले ४१०/४ रनको ठूलो स्कोर बनायो । रोहित शर्माको टोली विश्वकपमा अझै अपराजित छ । यसैबीच भारतले अब सेमिफाइनलमा न्युजिल्याण्डको सामना गर्नेछ ।

खेल जितेपछि भारतीय टोलीका कप्तान रोहित शर्माले भने, ‘साँच्चै भन्नुपर्दा हामीले यस प्रतियोगितामा धेरै अगाडि बढ्ने सोचेका थिएनौँ । यति ठूलो प्रतियोगितामा तपाईं धेरै अगाडि सोच्न सक्नुहुन्न । यदि सबै कुरा ठीक छ भने, तपाईंले ११ खेल खेल्नुपर्छ । यस कारणले गर्दा, एक पटकमा एक खेलको बारेमा मात्रै सोँच्नु राम्रो हुन्छ ।’

रोहितले थप भने, ‘अहिलेसम्म हामीले जति प्रदर्शन गरेका छौं, त्यो अचम्मको छ । हरेक खेलमा कोही न कोही हाम्रो लागि हिरो बने र जिम्मेवारीका साथ राम्रो प्रदर्शन गरे । हामीलाई यहाँको अवस्था थाहा छ, तर विभिन्न टोलीसँग खेल्न सजिलो हुँदैन ।’

भारतका लागि रोहित, शुभमन गिल र विराट कोहलीले अर्धशतक बनाए भने श्रेयस अय्यर र केएल राहुलले शतकीय पारी खेले ।