२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाले अलाभेसलाई हरायो, लेवान्डोस्कीले गरे दुई गोल



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले अलाभेसलाई २-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाको जितमा दुबै गोल रोबर्ट लेवान्डोस्कीले गरे । उनले ५३ औं मिनेटमा तथा ७८ औं (पेनाल्टी)मा गोल गरे । अलाभेसका सामु ओमोरोडिओनले खेलको पहिलो मिनेटमै गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए तर, त्यसपछि अलाभेसले गोल थप्न सकेन ।

यो नतिजासँगै बार्सिलोना १३ खेलबाट ३० अंकका तालिकाको तेस्रो स्थानमा छ । अलाभेस समान खेलबाट १२ अंकका साथ १५ औं स्थानमा छ ।