• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

चेल्सी र म्यान्चेस्टर सिटीको रोमाञ्चक बराबरी



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी र म्यान्चेस्टर सिटीले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टिमले ४-४ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा सुरुवाती अग्रता भने सिटीले एर्लिंग हालाण्डको पेनाल्टी गोलबाट लिएको थियो । उनले खेलको २५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

यता, २९ औं मिनेटमा थियागो सिल्भाले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए । ३७ औं मिनेटमा रहिम स्टर्लिंगले गोल गर्दै चेल्सीलाई २-१ गोलले अघि बढाए । तर, पहिलो हाफको इन्जुरी समयमा म्यानुएल अकान्जीले गोल गर्दै सिटीलाई २-२ गोलको बराबरीमा ल्याए ।

यस्तै, दोस्रो हाफको सुरुवातमै अर्थात् ४७ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल थप्दै सिटीलाई ३-२ गोलले अघि बढाए ।

यस्तै, यता ६७ औं मिनेटमा निकोलास ज्याक्सनले गोल गर्दै चेल्सीलाई ३-३ गोलको बराबरीमा ल्याए । ८६ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई ४-३ गोलले अघि बढाए । खेल सकिनै लाग्दा कोल पाल्मेरले ९०+५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई हारबाट जोगाए र खेल ४-४ गोलको बराबरीमा सकियो ।

यो नतिजासँगै सिटी १२ खेलबाट २८ अंकका साथ तालिकाको शीर्षस्थानमा यथावत छ भने चेल्सी समान खेलबाट १६ अंकका सात १० औं स्थानमा छ ।