१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको अन्तरिम आदेश: तत्काललाई जोगियो मौलापुर नगरपालिकाको प्रमुख साहको पद



अ+ अ-

काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाको प्रमुख रिना साहको मेयर पद तत्काललाई जोगिएको छ।

रौतहटको मौलापुर नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेबाट निर्वाचित साहको पद तत्काल कायम राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रबार साहलाई नगरपालिकाको प्रमुख पदमा रही यथावत काम कारबाही गर्न दिनू भनी विपक्षीका नाममा अन्तरिम आदेश दिएको हो।

साहले दल त्याग गरेको भन्दै प्रमुख पद स्वतः रिक्त रिक्त हुनुपर्ने भनी एमालेले निवेदन दिएपछि निर्वाचन आयोगले असोज २९ गते पद रिक्त भएको निर्णय गरी सूचना प्रकाशित गरेको थियो।

उनले आफूले दल त्याग नगरेको दाबीसहित रिट लिएर सर्वोच्च पुगेकी थिइन्।