१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरपालिकामा राती १ बजेसम्म देउसी भैलो खेल्न पाउने



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा तिहारमा राती १ बजेसम्म देउसी भैलो खेल्न पाउने भएको छ ।

बिगतको बर्षहरुमा कोभिडको कारण तथा सुरक्षाको कारणले राती ९ बजे सम्म मात्र खेल्न अनुमती दिइएकोमा यसबर्ष राती १ बजेसम्म खेल्न व्यवस्था मिलाईएको कामपाका मेयर बालेन शाहले जानकारी दिए ।

साथै, मेयर बालेनले राती १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था गरिएको र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेल्न अनुरोध गरेका छन् ।

नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन अनुरोध गर्दै बालेनले भनेका छन्,’ बिगतको बर्षहरुमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौ महानगर भित्र राती ९ बजे सम्म मात्र खेल्न अनुमती दिइएको थियो । यो बर्ष काठमाडौ महानगर नगरप्रहरीले ‘राती १’ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यबस्था मिलाएको छौ र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौ। सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौ।