• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

एन्फा अध्यक्ष नेम्वाङविरुद्ध अविश्वासको प्रस्तावमा मतदान सुरु



काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्वाङविरुद्ध अविश्वासको प्रस्तावमा मतदान सुरु भएको छ ।

हेटौंडामा जारी एन्फाको विशेष साधारण सभामा नेम्वाङविरुद्धको अविश्वास प्रस्तावमा मतदान सुरु भएको हो ।

एन्फाका ४९ सदस्यले गत भदौमा अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती माग गर्दै अविश्वासको प्रस्ताव गरेका थिए । २०७९ असार ६ गते निर्वाचित नेम्वाङले डेढ वर्ष नपुग्दै अविश्वासको प्रस्तावको सामना गरेका हुन् ।

कुल ११० प्रतिनिधि रहेकोमा ८९ जनाले मताधिकार प्राप्त गरेका छ्न् । बर्खास्तीको पक्षमा दुई तिहाई पुगेमा अध्यक्ष नेम्वाङ पद मुक्त हुनेछन् ।