• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
Latest
★   देश विकासका लागि सरकारमा गएका हौँ, त्यही नभएपछि कसरी सन्तुष्ट हुनेः ओली ★   वेल्सकी राजकुमारी क्याथरिन क्यान्सर घोषणा पश्चात पहिलो पटक सार्वजनिक कार्यक्रममा सामेल हुने ★   जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा ★   पाथीभरामा जेठ महिनामा मात्रै १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन ★   सूचना प्रविधि विकास गर्न सरकारले उच्च प्राथमिकता दिएको छः अर्थमन्त्री पुन ★   प्रधानमन्त्रीलाई किन प्रधानमन्त्री बनेको हुँ भन्ने नै थाहा छैनः महामन्त्री थापा ★   भारतद्वारा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास ★   क्रान्तिकारीहरूले ‘पुजार सार्की’ हेरेर आफूलाई समीक्षा गर्नुस्ः राजेन्द्र लिङ्देन ★   आईपीएल टोलीहरुले गरे नेपाली टिमको प्रशंसा ★   देशमा केही नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु होः उपप्रधानमन्त्री लामिछाने

महोत्तरीबाट एकसाथ हराएका ५ किशोरी भेटिए



जनकपुरधाम । महोत्तरीबाट सम्पर्कविहीन भएका पाँचै जना किशोरी फेला परेका छन् । महोत्तरीको औरही नगरपालिका–२ बाट एकसाथ बेपत्ता ५ किशोरी धनुषाको ढल्केबरमा फेला परेका हुन् ।

मंगलबार बिहान औरही नगरपालिका –२ की १६ वर्षीया वसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षिया संगीता सदा, १५ वर्षिया राजन सदा, २० वर्षीया रुबी सदा बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले उनीहरु पाँचै जना ढल्केवरबाट सम्पर्कमा आएको बताएका छन् । उनीहरूलाई सोधपुछपछि जिल्ला प्रहरी कार्यालय जलेश्वर, महोत्तरी पठाउने तयारी गरिएको छ ।

महोत्तरीमा यसअघि पनि दुई पटक किशोरीहरू समूह बनाएर घरबाट बेपत्ता भएपछि प्रहरीले उद्धार गरेको थियो । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।