५ श्रावण २०८३, मंगलवार
,
Latest
रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीबाट एकसाथ हराएका ५ किशोरी भेटिए



अ+ अ-

जनकपुरधाम । महोत्तरीबाट सम्पर्कविहीन भएका पाँचै जना किशोरी फेला परेका छन् । महोत्तरीको औरही नगरपालिका–२ बाट एकसाथ बेपत्ता ५ किशोरी धनुषाको ढल्केबरमा फेला परेका हुन् ।

मंगलबार बिहान औरही नगरपालिका –२ की १६ वर्षीया वसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षिया संगीता सदा, १५ वर्षिया राजन सदा, २० वर्षीया रुबी सदा बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले उनीहरु पाँचै जना ढल्केवरबाट सम्पर्कमा आएको बताएका छन् । उनीहरूलाई सोधपुछपछि जिल्ला प्रहरी कार्यालय जलेश्वर, महोत्तरी पठाउने तयारी गरिएको छ ।

महोत्तरीमा यसअघि पनि दुई पटक किशोरीहरू समूह बनाएर घरबाट बेपत्ता भएपछि प्रहरीले उद्धार गरेको थियो । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

 




भर्खरै