२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीबाट एकसाथ हराएका ५ किशोरी भेटिए



अ+ अ-

जनकपुरधाम । महोत्तरीबाट सम्पर्कविहीन भएका पाँचै जना किशोरी फेला परेका छन् । महोत्तरीको औरही नगरपालिका–२ बाट एकसाथ बेपत्ता ५ किशोरी धनुषाको ढल्केबरमा फेला परेका हुन् ।

मंगलबार बिहान औरही नगरपालिका –२ की १६ वर्षीया वसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षिया संगीता सदा, १५ वर्षिया राजन सदा, २० वर्षीया रुबी सदा बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले उनीहरु पाँचै जना ढल्केवरबाट सम्पर्कमा आएको बताएका छन् । उनीहरूलाई सोधपुछपछि जिल्ला प्रहरी कार्यालय जलेश्वर, महोत्तरी पठाउने तयारी गरिएको छ ।

महोत्तरीमा यसअघि पनि दुई पटक किशोरीहरू समूह बनाएर घरबाट बेपत्ता भएपछि प्रहरीले उद्धार गरेको थियो । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।