• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालको राजीनामा स्वीकृत ★   एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार ★   भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा ★   गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ: काँग्रेस ★   कीर्तिमानी कामीरिता, २९औं पटक सगरमाथा शिखरमा ★   सदन खुलाउने छलफल गर्न प्रधानमन्त्रीले कांग्रेसलाई बोलाए ★   बत्तीसपुतलीमा एक युवकको हत्या, चार पक्राउ ★   गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण ★   प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो ★   चेल्सीले नटिङहम फरेस्टलाई हरायो, टोटेनहम र वेस्ट हामको जित

रेशम चौधरीको कैद मिनाहा विरुद्धको अन्तिम सुनुवाइ आजदेखि



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध परेको मुद्दामा आज देखि अन्तिम सुनुवाइ हुँदैछ ।

गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशमलाई आममाफी दिनु भएको थियो ।

रेशमको आममाफीविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशवसिंह बोहराकी पन्ती शारदा कडायतले राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद, गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको थियो ।

रिट निवेदक कडायतले राष्ट्रपति पौडेलबाट भएको आममाफी बदर गराएर रेशमलाई पूरै कैद भुक्तानका लागि पठाउन आदेश माग गर्नुभएको छ ।
२०७२ सालमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाको मुख्य योजनाकार रेशम रहेको ठहर गर्दै अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको थियो ।

जिल्ला अदालतबाट भएको उक्त जन्मकैदको फैसला उच्च अदालत र सर्वोच्च अदालतले समेत सदर गरेको थियो । आजदेखि सुनुवाइ हुने उक्त मुद्दामा योगराज ढकाल ‘रिगल’को मुद्दामा भएको फैसलाको प्रभाव पर्न सक्ने कानुनका जानकारहरू बताउँछन् ।