१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प प्रभावित क्षेत्रमा एमालेले एक हजार स्वयंसेवक परिचालन गर्ने



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले जाजरकोट केन्द्र भाग भएर गएको भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक परिचालन गर्ने भएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले मंसीर १ गतेदेखि एक हजार स्वयंसेवक परिचालन गरी हजारौं अस्थायी घर टहरा भूकम्प पीडितलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो । उनीहरुले करोडौं मूल्य बराबरको श्रमदान गर्नेगरी सो कामको संयोजन भने जिम्मेवारी भने पार्टीको कर्णाली प्रदेश कमिटीलाई दिने निर्णय पनि गरिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली जानकारी दिनुभयो । त्यसैगरी एमालेले राहत वितरणको कामलाई पारदर्शी, निष्पक्ष र प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराएको छ । राहत वितरणमा राजनीतिककरण भइरहेको निष्कर्ष निकाल्दै एमालेले त्यसो नगर्न पनि सरकारलाई भनेको उपमहासचिव ज्ञवालीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको बैठकले जाजरकोट र रुकुम पश्चिममा गएको १७ गतेको विनाशकारी भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । ज्यान गुमाउने १५३ जनाप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ । ३६४ जना जो घाइते हुनुभएको छ । उहाँहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । र, झन्डै ३४ हजार घरहरु आंशिक र पूर्ण रुपमा जुन क्षति भएका छन । यसप्रति हामी अत्यन्तै संवेदनशील छौं । यो भूकम्पमा घरबार गुमाएकाहरुको अस्थायी आवास निर्माणका लागि हामीले तपाईहरुलाई सम्झनै छ । २०७२ मा विनाशकारी भूकम्पपछि ५० हजार स्वमयसेवकहरु परिचालन गरेका थियौं । र, ३ महिनाको बीचमा हामीले २७ हजार घर, टहराहरु बनाएर हस्तान्तरण गरेका थियौँ ।

यही लेवलमा एक हजार स्वयंसेवकहरु मंसिर १ गतेदेखि त्यहाँ खटिनु हुनेछ । हामीले पाँच हजार कार्यदिन भन्दा बढी त्यहाँ खटने छौं । एक करोड भन्दा बढि मूल्यको चाहीँ हामीले श्रम गर्नेछौं । र, हजारौं टहराहरु बनाएर नागरिकहरुलाई अस्थायी तर न्यानो घरमा चाहीँ बसाएर हामी फर्कनेछौं । मंसीर १ गतेदेखि त्यो अभियान चलाउँछौं । यो कामको संयोजन चाहीँ पार्टीको कर्णाली प्रदेश कमिटीले गर्नेछ । र, हामीले सरकारसँग माग गरेका छौं ।

यो राहत संकलन भएर पनि प्रभावकारी ढंगले वितरण नभईरहेको, राहत एक ठाउँमा डम्प भएको, तर पीडितहरुले नपाएको, उनीहरु चिसोमा भोकभोकै सुत्न बाध्य भएको, कतिपय ठाउँमा त्यसका पनि राजनीतिकरण भएको र पछिल्लो समय त एक खालको विपद पर्यटन जस्तो, विपद् हेर्न जाने र सेल्फी खिच्ने जस्तो कतिपय कुराहरु भएका छन् । यसमा गम्भिर हुन र पारदर्शी, निष्पक्ष र प्रभावकारी ढंगले राहत वितरणका लागि सरकारलाई ध्यानाकर्षण पनि गराएका छौं ।’

एमालेले विपद्का बेला भूकम्प प्रभावित क्षेत्रलाई सेल्फी खिच्ने ठाउँको जस्तो व्यवहार नगर्न पनि सम्बन्धित व्यक्ति तथा पक्षलाई सचेत गराएको छ ।