१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफताब आलमविरुद्धको मुद्दामा बहस नोट पेस गर्न अदालतको आदेश



file photo
अ+ अ-

काठमाडौँ । जिल्ला अदालत गौरले रौतहटको राजपुर फरदहवामा १६ वर्षअघि भएको बम बिस्फोट घटनाका आरोपित कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा बुधबार बहस नोट माग्ने आदेश गरेको छ ।

पटक–पटक पेसी सर्दै आएको मुद्दाको फैसला हुने अनुमान गरिए तापनि १५ दिनभित्र लिखित बहस नोट पेस गर्न आदेश जारी भएको हो ।

न्यायाधीश बाबुकाजी बानियाँको एकल इजलासले मुद्दाको गम्भीरता तथा जटिलतालाई विचार गर्दा जिल्ला सरकारी वकिल तथा प्रतिवादीहरूका कानुन व्यवसायीको तर्फबाट १५ दिन भित्र वहस नोट माग गरि पेश गर्न आदेश दिइएको हो ।

२७ चैत २०६४ मा रौतहटको राजपुरमा भएको बम विस्फोटमा परेर घाइते भएका त्रिलोकप्रताप सिंह, ओसी अख्तरलगायतलाई जिउँदै जलाएको आरोपमा पूर्वमन्त्री आलमलाई २०७६ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।

आलम हाल ललितपुरको नख्खु कारागारमा छन् भने अर्का आरोपी आलमका भाइ महताब आलम गौर जेलमा छन् ।