• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट

सिरियामा आइएसको आक्रमणमा सरकार समर्थक ३० सैनिकको मृत्यु



बेरुत । इस्लामिक स्टेट (आइएस) समूहको आक्रमणमा सिरियाली मरुभूमिमा सरकार समर्थक कम्तीमा ३० सैनिकको मृत्यु भएको एक युद्ध पर्यवेक्षकले बुधबार बताएका छन् । उक्त आक्रमण यो वर्षको सबैभन्दा घातक आक्रमणमध्येको एक भएको बताइएको छ ।

“सिरियाली मरुभूमिमा बुधबार बिहान सैन्य चौकीहरूमा इस्लामिक स्टेट समूहले गरेको आक्रमणमा चार सैनिक र २६ रक्षा फौजसहित ३० जनाको मृत्यु भएको थियो”, बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले भनेको छ ।

जमिनमा स्रोतहरूको विशाल नेटवर्क भएको राका, होम्स र डेर एजोरका बीच भागहरूमा आक्रमण भएको अब्जर्भेटरीले उल्लेख गरेको छ । अब्जर्भेटरी प्रमुख रामी अब्देल रहमानले घाइतेहरूको अस्पष्ट सङ्ख्यालाई उद्धृत गर्दै मर्नेहरूको सङ्ख्या बढ्नसक्ने बताउनुभयो । उहाँका अनुसार घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक छ ।

आइएसले सन् २०१४ जुनमा सिरिया र इराकका ठूलो भूभागमा ‘क्यालिफेट’ (मोहम्मदको मृत्युदेखि १३औँ शताब्दीसम्म इस्लाम उत्थानको युग) को घोषणा गर्दै आतङ्कको शासन सुरु गर्यो । यो सन् २०१९ मा सिरियामा क्षेत्रीयरूपमा पराजित भएको थियो तर यसका अवशेषहरूले विशेषगरेर मरुभूमिका गुप्त स्थानबाट घातक ‘आक्रमण गर र भाग’ नीति प्रयोग गर्दै आएका छन् ।

राष्ट्रपति बशर अल–असदको सरकारले सन् २०११ मा शान्तिपूर्ण प्रजातन्त्र समर्थक विरोध प्रदर्शनलाई दबाएपछि सिरियामा युद्ध सुरु भएको छ । युद्ध सुरु भएपछि यसमा विदेशी शक्ति र वैश्विक जिहादीहरूलाई समावेश गरिएको छ । युद्धमा पाँच लाखभन्दा धेरै मानिस मारिएका छन् र सिरियाको युद्धपूर्वको आधा जनसङ्ख्या आफ्नो घरबाट विस्थापित भएका छन् । रासस