११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जीवन–यात्रा’ को लोकार्पण



अ+ अ-

भक्तपुर । सिरु बौद्धिक समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार लक्ष्मणराज विष्टद्वारा लिखित पुस्तक ‘जीवन–यात्रा’ लोकार्पण गरिएको छ । सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित सिरु बौद्धिक समाजले आज यहाँ आयोजना गरेको नव वर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले उक्त पुस्तक लोकार्पण गर्नुभएको हो ।
    
पत्रकार रिसालले पुस्तकमा समेटिएका विषयवस्तुले आफ्नो बालापन र जीवनको दुःख सुखलाई समेत स्मरण गराएको चर्चा गर्दै तत्कालीन समयमा काँठको अवस्थादेखि यहाँको रहनसहनलाई पुस्तकले उजागर गर्न सफल भएको बताउनुभयो । वाग्मती प्रदेशका प्रदेशसभा सदस्य शशीजङ्ग थापाले कृतिकारले ८० वर्ष अगाडिको समयमा काँठ क्षेत्रको सामाजिक, आर्थिक तथा शैक्षिक अवस्था कस्तो थियो भन्ने चर्चा यस पुस्तकमार्फत उजागर गरेको बताउनुभयो ।

कृतिका बारेमा चर्चा गर्दै ८१ वर्षीय पुस्तकका लेखक विष्टले २०५८ चैतमा निजामती सेवामा उपसचिव पदबाट अवकास प्राप्त गर्दाको समय, सेवाकालीन अनुभव, भोगाइ र विभिन्न जिल्लामा कार्य गरेको, सामाजिक सेवा, योग शिक्षक भई कार्य गर्दाको अनुभव, ८० वर्ष अगाडिको काठमाडौंँको काँठ क्षेत्रको अवस्था, रहनसहनलगायत विभिन्न विषय पुस्तकमा समेटिएको बताउनुभयो । यसअघि उहाँले सिरुटारका विष्ट परिवारको वंशावली तथा कूलदेवता पूजा नामक पुस्तक समेत प्रकाशन ल्याउनु भएको थियो ।रासस