• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

विवाहको १२ वर्षपछि हनी सिंहको सम्बन्धविच्छेद



एजेन्सी । भारतीय र्‍यापर तथा गायक हनी सिंहले अन्ततः पत्नी शालिनी तलवारसँग सम्बन्धविच्छेदको स्वीकृति पाएका छन् । यो मुद्दा विगत साढे दुई वर्षदेखि दिल्लीको पारिवारिक अदालतमा चलिरहेको थियो ।

नोभेम्बर ७ मा अदालतले गायक र उनकी श्रीमतीको सम्बन्धविच्छेदलाई स्वीकृत गरेको थियो । यससँगै हनी र उनकी श्रीमती १२ वर्षपछि एकअर्काबाट अलग भए ।

शालिनीले केही वर्षअघि हनीमाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन् । यति मात्र होइन, उनकी श्रीमतीले हनी सिंहले आफूलाई धोका दिएको पनि बताइन् ।

हनीसँग सम्बन्ध विच्छेद गर्दा उनले एक करोड भारु मागेकी थिइन् । शालिनीले आफू हनीसँग डरले बाँचिरहेको बताइन् ।

केही मिडिया रिपोर्टका अनुसार सुरुमा शालिनीले हनी सिंहसँग १० करोड रुपैयाँ मागेकी थिइन्, जुन अहिले घटेर १ करोड रुपैयाँमा झरेको छ ।

उक्त रकमका लागि दुवैबीच सम्झौता भएको छ । यस्तो अवस्थामा गायकले अब यो रकम आफ्नी पूर्व पत्नीलाई दिनेछन् ।