२८ असार २०८३, आईतवार
,
Latest
म्याक एलिस्टरको गोलमा स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनाको सुरुवाती अग्रता विश्वकप सेमिफाइनलमा इंग्ल्यान्ड, जेड बेलिंघमको दुई गोलमा नर्वे पराजित पूर्वप्रमुख सिंहको प्रतिमा अनावरण गोरखामा दुई ‘मोटरेबल’ पुल निर्माण कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

घाइते म्याक्सवेललाई अम्पायरले किन ‘रनर’ बन्न दिएनन् ? यस्तो छ कारण



अ+ अ-

एजेन्सी । स्टार अलराउन्डर ग्लेन म्याक्सवेलको अविजित २०१ रनको इनिङको आधारमा अष्ट्रेलियाको टोली अफगानिस्तानबाट जित खोसेर सन् २०२३ को विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ग्लेन म्याक्सवेलको यो ऐतिहासिक इनिङ्स उनका लागि सहज थिएन । यो इनिङ्सका क्रममा उनलाई खुट्टामा दुखाइ पनि भएको थियो । साथै ह्यामस्ट्रिङमा गम्भीर चोट लागे पनि उनले टोलीको साथ छाडेनन् । म्याक्सवेलले अन्तिमसम्म पुरै खेल खेले र एक्लैले अष्ट्रेलियालाई शानदार जित दिलाए ।

कुनै बेला २९२ रनको लक्ष्य पछ्याएको टोलीले ९१ रनमा ७ विकेट गुमाएको थियो, त्यसपछि खेल अफगानिस्तानको पोल्टामा गएको जस्तो देखिन थालेको थियो तर ग्लेन म्याक्सवेलको ब्याटबाट आएको चमत्कारी इनिङ्सले सबैलाई चकित बनायो ।

म्याक्सवेलले पक्कै पनि यो दोहोरो शतक बनाए, तर उनलाई मैदानमा दुईपटक पीडाले कराएको देखेर फ्यानहरू निकै भावुक भए । हरेक पटक आफ्नो पीडा सहेर ग्लेन म्याक्सवेलले ब्याट उठाए र इनिङ्स जारी राखे तर यसैबीच ग्लेनलाई किन ‘रनर’ नदिइएको भन्ने प्रश्न सबैको मनमा उठिरहेको थियो । यसको पछाडिको कारणबारे यहाँ चर्चा गरौँ ।

वास्तवमा, क्रिकेटको खेलमा बाउन्ड्रीमा रन बनाउनुभन्दा दौडमा सिंगल लिनु महत्त्वपूर्ण हुन्छ । ब्याट्सम्यानहरू हावामा प्रहार गर्नबाट जोगिँदै र लामो समय क्रिजमा बस्न सिंगल लिने गर्छन्, तर धेरै पटक क्रिजमा रहेका दुई मध्ये एक ब्याट्सम्यान चोटका कारण रन बनाउन सक्दैनन् । यही अवस्थालाई मध्यनजर गर्दै ‘रनर’ नियम लागू गरिएको हो ।

क्रिकेटको नियम २५ मा रनर नियमको बारेमा भनिएको छ, जब कुनै ब्याट्सम्यान घाइते हुन्छ, उसको स्थानमा रनर आफ्नै टोलीको सदस्य हुनुपर्छ । एक रनर घाइते खेलाडीलाई रन लिन दौडँदा रनरको प्रयोग ल्याइएको हो ।

सामान्यतया रनर खेलमा प्रयोग भएको पिचको समानान्तर दुरीमा उभिने र नन स्ट्राइकरसँग मिलेर दौडिन्थ्यो तर सन् २०११ मा आईसीसीले धेरै सोचविचार गरेर रनर नियम खारेज गर्‍यो ।

त्यसबेला आईसीसीले क्रिकेटको नियम परिवर्तन नभएको तर अन्तर्राष्ट्रिय खेलाडीका लागि खेल्ने अवस्था परिवर्तन भएको बताएको थियो । अब कुनै खेलाडी चोटका कारण दौडन नसकेमा ‘रिटायर्ड हर्ट’ लिनुपर्नेछ ।

एक समय चोटिल म्याक्सवेलको स्थानमा एडम जाम्पा क्रिजमा आउन लागिसकेका थिए । तर, म्याक्सवेलले हार मानेनन् र क्रिजमा डटेर रहे ।

यही कारणले गर्दा घाइते भए पनि ग्लेन म्याक्सवेललाई ‘रनर’ दिइएको थिएन । म्याक्सवेलले २०१ रनको अविजित पारी खेल्दै अष्ट्रेलियालाई अफगानिस्तानविरुद्धको खेलमा ३ विकेटको जित दिलाए ।

यो पनि नछुटाउनुहोलाः दोहोरो शतकीय इनिङ्स खेल्दै अष्ट्रेलियालाई जिताउने म्याक्सवेलले बनाएका रेकर्डहरु