६ बैशाख २०८२, शनिबार
April 19, 2025 Saturday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.36

Wind: 1.54

Humidity: 77

Latest
धनगढीलाई हराउँदै १० खेलाडीमा समेटिएको ललितपुर एनएसएलको फाइनलमा प्रवेश चिकित्सकलाई निःशर्त काममा फर्कने वातावरण सुनिश्चितता गर्नुपर्ने माग मुस्ताङ घट्टेखोलामा चौँरी मेला आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयरकप भोजपुर गोल्डकप हुँदै विद्यमान व्यवस्था र संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श सकरात्मक सोच र सत्मार्गमा लायन्स वीरगञ्ज महानगरद्वारा डुबान रोक्न नाला सफाइ घाँसीकुवा संरक्षण गर्न ‘विकास प्रतिष्ठान’ गठन परराष्ट्रमन्त्री डा राणा बैंकक जाँदै, युएनस्केपको अध्यक्षता गर्ने धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

घाइते म्याक्सवेललाई अम्पायरले किन ‘रनर’ बन्न दिएनन् ? यस्तो छ कारण



अ+ अ-

एजेन्सी । स्टार अलराउन्डर ग्लेन म्याक्सवेलको अविजित २०१ रनको इनिङको आधारमा अष्ट्रेलियाको टोली अफगानिस्तानबाट जित खोसेर सन् २०२३ को विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ग्लेन म्याक्सवेलको यो ऐतिहासिक इनिङ्स उनका लागि सहज थिएन । यो इनिङ्सका क्रममा उनलाई खुट्टामा दुखाइ पनि भएको थियो । साथै ह्यामस्ट्रिङमा गम्भीर चोट लागे पनि उनले टोलीको साथ छाडेनन् । म्याक्सवेलले अन्तिमसम्म पुरै खेल खेले र एक्लैले अष्ट्रेलियालाई शानदार जित दिलाए ।

कुनै बेला २९२ रनको लक्ष्य पछ्याएको टोलीले ९१ रनमा ७ विकेट गुमाएको थियो, त्यसपछि खेल अफगानिस्तानको पोल्टामा गएको जस्तो देखिन थालेको थियो तर ग्लेन म्याक्सवेलको ब्याटबाट आएको चमत्कारी इनिङ्सले सबैलाई चकित बनायो ।

म्याक्सवेलले पक्कै पनि यो दोहोरो शतक बनाए, तर उनलाई मैदानमा दुईपटक पीडाले कराएको देखेर फ्यानहरू निकै भावुक भए । हरेक पटक आफ्नो पीडा सहेर ग्लेन म्याक्सवेलले ब्याट उठाए र इनिङ्स जारी राखे तर यसैबीच ग्लेनलाई किन ‘रनर’ नदिइएको भन्ने प्रश्न सबैको मनमा उठिरहेको थियो । यसको पछाडिको कारणबारे यहाँ चर्चा गरौँ ।

वास्तवमा, क्रिकेटको खेलमा बाउन्ड्रीमा रन बनाउनुभन्दा दौडमा सिंगल लिनु महत्त्वपूर्ण हुन्छ । ब्याट्सम्यानहरू हावामा प्रहार गर्नबाट जोगिँदै र लामो समय क्रिजमा बस्न सिंगल लिने गर्छन्, तर धेरै पटक क्रिजमा रहेका दुई मध्ये एक ब्याट्सम्यान चोटका कारण रन बनाउन सक्दैनन् । यही अवस्थालाई मध्यनजर गर्दै ‘रनर’ नियम लागू गरिएको हो ।

क्रिकेटको नियम २५ मा रनर नियमको बारेमा भनिएको छ, जब कुनै ब्याट्सम्यान घाइते हुन्छ, उसको स्थानमा रनर आफ्नै टोलीको सदस्य हुनुपर्छ । एक रनर घाइते खेलाडीलाई रन लिन दौडँदा रनरको प्रयोग ल्याइएको हो ।

सामान्यतया रनर खेलमा प्रयोग भएको पिचको समानान्तर दुरीमा उभिने र नन स्ट्राइकरसँग मिलेर दौडिन्थ्यो तर सन् २०११ मा आईसीसीले धेरै सोचविचार गरेर रनर नियम खारेज गर्‍यो ।

त्यसबेला आईसीसीले क्रिकेटको नियम परिवर्तन नभएको तर अन्तर्राष्ट्रिय खेलाडीका लागि खेल्ने अवस्था परिवर्तन भएको बताएको थियो । अब कुनै खेलाडी चोटका कारण दौडन नसकेमा ‘रिटायर्ड हर्ट’ लिनुपर्नेछ ।

एक समय चोटिल म्याक्सवेलको स्थानमा एडम जाम्पा क्रिजमा आउन लागिसकेका थिए । तर, म्याक्सवेलले हार मानेनन् र क्रिजमा डटेर रहे ।

यही कारणले गर्दा घाइते भए पनि ग्लेन म्याक्सवेललाई ‘रनर’ दिइएको थिएन । म्याक्सवेलले २०१ रनको अविजित पारी खेल्दै अष्ट्रेलियालाई अफगानिस्तानविरुद्धको खेलमा ३ विकेटको जित दिलाए ।

यो पनि नछुटाउनुहोलाः दोहोरो शतकीय इनिङ्स खेल्दै अष्ट्रेलियालाई जिताउने म्याक्सवेलले बनाएका रेकर्डहरु