• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

मखमली मालाको माग धेरै: उचित मूल्य नपाएकोमा व्यवसायी निराश



भक्तपूर । मखमली फूलको मालाको माग अत्याधिक भएपनि मूल्य नपाएको किसानहरुको गुनासो छ । गुण्डुका किसानहरुले नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको लागि आवश्यक मखमली फूलको माला उन्न र बिक्री गर्न थालेका छन् ।

यो वर्षको तिहार ढिला भएकाले मखमली फूल सुक्न लागेको उनीहरुको गुनासो छ । एक हप्ता अगाडिदेखि माला उन्न र बिक्री गरिसक्न लागेको व्यवसायीहरुले बताए । गुण्डुका व्यवसायीहरुले भाईटिकाको दिन दाजुभाइलाई लगाउने मखमली फूलको मालाको उचित मूल्य नपाएको बताएका छन् । भत्तपुर सूर्यविनायक नगरपालिका गुण्डुकी राधा थापाले विगतका वर्षको जस्तो मखमली फूल र मालाको मूल्य पाउन नसकेको बताउनु भयो ।

उहाँले मेहनतअनुसार मखमली मालाको मूल्य भने जस्तो नभएको गुनासो गर्नुभयो । उहाँले व्यापार राम्रो भएपनि विगतका वर्ष ३५ रुपैयाँसम्म प्रतिमाला बिक्री भएकोमा यस वर्ष २० देखि २३ रुपैयाँ भन्दा बढी मूल्य पाउन नसकेको बताउनु भयो । उहाँले मखमली मालाको मूल्य धेरै वर्षदेखि बढ्न नसकेको बताउनु भयो। उहाँले मखमली फूल उत्पादन गरेर माला बेच्दा फूलमा लगाएको लगानी मात्रै उठ्ने स्थिति रहेको बताउनु भयो । उहाँले आठ आना जग्गामा मखमली खेती गर्दा वार्षिक रुपमा ५० हजार भन्दा बढी आम्दानी गर्न सकिने बताउनु भयो। उहाँले बजार मूल्य कम हुँदा विगतका वर्षको भन्दा आम्दानी कम हुने अवस्था रहेको बताउनु भयो।

उहाँले भन्नुभयो,‘विगतका वर्षको जस्तो मखमलीको मालाको मूल्य पाउन सकिएको छैन । मेहनत भएअनुसार मखमलीको मालाको मूल्य अलिबढी पाउन पाए हुने जस्तो लाग्छ तर पाउन सकिएको छैन । व्यापार राम्रो छ तर गत वर्ष ३५ रुपैयाँसम्म प्रतिमाला बिक्री भएपनि यो वर्ष २० देखि २३ रुपैयाँ भन्दा बढी पाउन सकिएको छैन । मखमली मालाको मूल्य बढ्न सकेको छैन । मालाको माग धेरै भएपनि मूल्य पाउन सकिन । मखमली फूल उत्पादनमा धेरै मेहनत भएअनुसार मूल्य आउन छोडेको छ । मखमली फूल उत्पादनमा हामीले लगाएको लगानी उठ्छ । मैले आठ आना जग्गामा मखमली खेती गरेको थिए । यो वर्ष पानीको कारणले फूल राम्रो भएन । गत वर्षको तुलनामा यो वर्ष आम्दानी कम हुने देखिएको छ । यो वर्ष ५० हजारसम्म आम्दानी हुन्छ ।’

गुण्डुकै अर्की पुष्प व्यवसायी निर्मला बस्नेतको पनि थापाको जस्तै गुनासो छ । उहाँले पनि मखमली मालाको माग राम्रो भएपनि मूल्य विगतका वर्षहरुको जस्तो मूल्य नपाएको बताउनु भयो । उहाँले विगतका वर्षहरुमा ३० देखि ३५ रुपैयाँसम्म मूल्यमा बिक्री भएकोमा यो वर्ष २३ रुपैयाँसम्म मात्रै प्रति मालाको मूल्य पाएको बताउनु भयो । उहाँले मखमली फूल उत्पादन नै कम भएकाले व्यापार पनि कम हुने अवस्था रहेको बताउनु भयो। उहाँले गत वर्ष १ लाख रुपैयाँको माला बिक्री भएपनि यो वर्ष ६० हजारसम्म मात्रै मालाको व्यापार हुने बताउनु भयो। उहाँले विगतका वर्षहरुको जस्तो मालाको मूल्य नपाउँदा ४० प्रतिशत आम्दानी कम हुने देखिएको बताउनु भयो। उहाँले मखमलीको माला घरमा नै व्यापारीहरु किन्न आउने हुँदा बजारमा लैजानुपर्ने अवस्था नभएको भन्दै आफूहरुले अहिलेसम्म बिक्री गरेका मालाहरु सबै नेपाली बजारको लागि भन्दा पनि विदेश निर्यातको लागि गएको बताउनु भयो।

उहाँले भन्नुभयो,‘मखमली मालाको माग राम्रो भए पनि मूल्य विगतका वर्षहरुको जस्तो भएन । विगतका वर्षहरुमा ३० देखि ३५ रुपैयाँसम्म मूल्यमा बिक्री भएकोमा यो वर्ष २३ रुपैयाँसम्म मात्रै प्रतिमाला पाउने गरेको छौं । मखमली फूल उत्पादन नै कम भएकाले व्यापार पनि कम छ । गत वर्ष १ लाख रुपैयाँको माला बिक्री भएपनि यो वर्ष ६० हजारसम्म मात्रै मालाको व्यापार हुने देखिएको छ । विगतका वर्षहरुको जस्तो मालाको मूल्य नपाउँदा ४० प्रतिशत आम्दानी कम हुने देखिएको छ । हामीले मखमलीको माला बजारमा लगेर बेच्नुपर्दैन घरमा नै व्यापारीहरु आउने गर्छन् । सबैको मखमली एक ठाउँबाट माला बनाएर बिक्री गर्ने गरेका छौं । अहिलेसम्म बिक्र भएका मालाहरु सबै नेपाली बजारको लागि भन्दा पनि विदेश निर्यातको लागि गएको छ ।’

त्यस्तै भक्तपुर गुण्डुकै स्थानीय पुष्प व्यवसायी मैया बस्नेतले यस वर्ष असोज महिनामा बढी पानी परेकाले फूल ढलेर बढी उत्पादन गर्न नसकिएको बताउनु भयो। उहाँले उत्पादन कम भए पनि बजार मूल्य बढ्न नसकेको बताउनु भयो। उहाँले विगतका वर्षहरुमा ५० रुपैयाँसम्म प्रतिमाला मूल्य पाएपनि यो वर्ष २३ रुपैयाँ भन्दा बढी मूल्य पाउन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मखमली उत्पादनका पानी बढी परेकाले हौसिएर फुल्ने समयमा ढल्यो । उत्पादन विगतको भन्दा कम छ । उत्पादन कम भएको बेलामा अझ यो वर्ष मूल्यमा पनि २३ रुपैयाँ भन्दा बढी गएको छैन । गतवर्ष ५० रुपैयाँसम्म बिक्री भएको थियो । किसानको मेहनत अनुसार ३० रुपैयाँसम्म मूल्य पाउनुपर्ने हो तर त्यस्तो हुन सकेको छैन । आम्दानीको हिसावले खेतमा मखमली फूल लगाउँदा धानको भन्दा फाइदा मखमली फूलबाट बढी हुन्छ । मखमली माला बनाउन पनि मेहनत गर्नुपर्छ आफू मात्रै नभएर अर्मपर्म गरेर वा एउटा माला उनेको ५ रुपैयाँसम्म तिरेर लगाउनु पर्छ । एक रोपनी जग्गामा मखमली फूलखेती गर्दा वार्षिक रुपमा ५० हजार भन्दा बढी आम्दानी हुने गरेको छ ।’

उहाँले किसानहरुको मखमली फूलको माला बनाउन लागेको मेहनतअनुसार कम्तिमा पनि प्रतिमाला ३० रुपैयाँ मूल्य पाउनुपर्ने भएपनि त्यस्तो हुन नसकेको बताउनु भयो। उहाँले मखमली फूल खेतीले धानको भन्दा राम्रो आम्दानी दिएको बताउनु भयो । उहाँले एक रोपनी जग्गामा मखमली फूलखेती गर्दा वार्षिक रुपमा ५० हजार भन्दा बढी आम्दानी हुने गरेको बताउनु भयो ।