८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

मखमली मालाको माग धेरै: उचित मूल्य नपाएकोमा व्यवसायी निराश

मखमली मालाको माग धेरै: उचित मूल्य नपाएकोमा व्यवसायी निराश
अ+ अ-

भक्तपूर । मखमली फूलको मालाको माग अत्याधिक भएपनि मूल्य नपाएको किसानहरुको गुनासो छ । गुण्डुका किसानहरुले नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको लागि आवश्यक मखमली फूलको माला उन्न र बिक्री गर्न थालेका छन् ।

यो वर्षको तिहार ढिला भएकाले मखमली फूल सुक्न लागेको उनीहरुको गुनासो छ । एक हप्ता अगाडिदेखि माला उन्न र बिक्री गरिसक्न लागेको व्यवसायीहरुले बताए । गुण्डुका व्यवसायीहरुले भाईटिकाको दिन दाजुभाइलाई लगाउने मखमली फूलको मालाको उचित मूल्य नपाएको बताएका छन् । भत्तपुर सूर्यविनायक नगरपालिका गुण्डुकी राधा थापाले विगतका वर्षको जस्तो मखमली फूल र मालाको मूल्य पाउन नसकेको बताउनु भयो ।

उहाँले मेहनतअनुसार मखमली मालाको मूल्य भने जस्तो नभएको गुनासो गर्नुभयो । उहाँले व्यापार राम्रो भएपनि विगतका वर्ष ३५ रुपैयाँसम्म प्रतिमाला बिक्री भएकोमा यस वर्ष २० देखि २३ रुपैयाँ भन्दा बढी मूल्य पाउन नसकेको बताउनु भयो । उहाँले मखमली मालाको मूल्य धेरै वर्षदेखि बढ्न नसकेको बताउनु भयो। उहाँले मखमली फूल उत्पादन गरेर माला बेच्दा फूलमा लगाएको लगानी मात्रै उठ्ने स्थिति रहेको बताउनु भयो । उहाँले आठ आना जग्गामा मखमली खेती गर्दा वार्षिक रुपमा ५० हजार भन्दा बढी आम्दानी गर्न सकिने बताउनु भयो। उहाँले बजार मूल्य कम हुँदा विगतका वर्षको भन्दा आम्दानी कम हुने अवस्था रहेको बताउनु भयो।

उहाँले भन्नुभयो,‘विगतका वर्षको जस्तो मखमलीको मालाको मूल्य पाउन सकिएको छैन । मेहनत भएअनुसार मखमलीको मालाको मूल्य अलिबढी पाउन पाए हुने जस्तो लाग्छ तर पाउन सकिएको छैन । व्यापार राम्रो छ तर गत वर्ष ३५ रुपैयाँसम्म प्रतिमाला बिक्री भएपनि यो वर्ष २० देखि २३ रुपैयाँ भन्दा बढी पाउन सकिएको छैन । मखमली मालाको मूल्य बढ्न सकेको छैन । मालाको माग धेरै भएपनि मूल्य पाउन सकिन । मखमली फूल उत्पादनमा धेरै मेहनत भएअनुसार मूल्य आउन छोडेको छ । मखमली फूल उत्पादनमा हामीले लगाएको लगानी उठ्छ । मैले आठ आना जग्गामा मखमली खेती गरेको थिए । यो वर्ष पानीको कारणले फूल राम्रो भएन । गत वर्षको तुलनामा यो वर्ष आम्दानी कम हुने देखिएको छ । यो वर्ष ५० हजारसम्म आम्दानी हुन्छ ।’

गुण्डुकै अर्की पुष्प व्यवसायी निर्मला बस्नेतको पनि थापाको जस्तै गुनासो छ । उहाँले पनि मखमली मालाको माग राम्रो भएपनि मूल्य विगतका वर्षहरुको जस्तो मूल्य नपाएको बताउनु भयो । उहाँले विगतका वर्षहरुमा ३० देखि ३५ रुपैयाँसम्म मूल्यमा बिक्री भएकोमा यो वर्ष २३ रुपैयाँसम्म मात्रै प्रति मालाको मूल्य पाएको बताउनु भयो । उहाँले मखमली फूल उत्पादन नै कम भएकाले व्यापार पनि कम हुने अवस्था रहेको बताउनु भयो। उहाँले गत वर्ष १ लाख रुपैयाँको माला बिक्री भएपनि यो वर्ष ६० हजारसम्म मात्रै मालाको व्यापार हुने बताउनु भयो। उहाँले विगतका वर्षहरुको जस्तो मालाको मूल्य नपाउँदा ४० प्रतिशत आम्दानी कम हुने देखिएको बताउनु भयो। उहाँले मखमलीको माला घरमा नै व्यापारीहरु किन्न आउने हुँदा बजारमा लैजानुपर्ने अवस्था नभएको भन्दै आफूहरुले अहिलेसम्म बिक्री गरेका मालाहरु सबै नेपाली बजारको लागि भन्दा पनि विदेश निर्यातको लागि गएको बताउनु भयो।

उहाँले भन्नुभयो,‘मखमली मालाको माग राम्रो भए पनि मूल्य विगतका वर्षहरुको जस्तो भएन । विगतका वर्षहरुमा ३० देखि ३५ रुपैयाँसम्म मूल्यमा बिक्री भएकोमा यो वर्ष २३ रुपैयाँसम्म मात्रै प्रतिमाला पाउने गरेको छौं । मखमली फूल उत्पादन नै कम भएकाले व्यापार पनि कम छ । गत वर्ष १ लाख रुपैयाँको माला बिक्री भएपनि यो वर्ष ६० हजारसम्म मात्रै मालाको व्यापार हुने देखिएको छ । विगतका वर्षहरुको जस्तो मालाको मूल्य नपाउँदा ४० प्रतिशत आम्दानी कम हुने देखिएको छ । हामीले मखमलीको माला बजारमा लगेर बेच्नुपर्दैन घरमा नै व्यापारीहरु आउने गर्छन् । सबैको मखमली एक ठाउँबाट माला बनाएर बिक्री गर्ने गरेका छौं । अहिलेसम्म बिक्र भएका मालाहरु सबै नेपाली बजारको लागि भन्दा पनि विदेश निर्यातको लागि गएको छ ।’

त्यस्तै भक्तपुर गुण्डुकै स्थानीय पुष्प व्यवसायी मैया बस्नेतले यस वर्ष असोज महिनामा बढी पानी परेकाले फूल ढलेर बढी उत्पादन गर्न नसकिएको बताउनु भयो। उहाँले उत्पादन कम भए पनि बजार मूल्य बढ्न नसकेको बताउनु भयो। उहाँले विगतका वर्षहरुमा ५० रुपैयाँसम्म प्रतिमाला मूल्य पाएपनि यो वर्ष २३ रुपैयाँ भन्दा बढी मूल्य पाउन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मखमली उत्पादनका पानी बढी परेकाले हौसिएर फुल्ने समयमा ढल्यो । उत्पादन विगतको भन्दा कम छ । उत्पादन कम भएको बेलामा अझ यो वर्ष मूल्यमा पनि २३ रुपैयाँ भन्दा बढी गएको छैन । गतवर्ष ५० रुपैयाँसम्म बिक्री भएको थियो । किसानको मेहनत अनुसार ३० रुपैयाँसम्म मूल्य पाउनुपर्ने हो तर त्यस्तो हुन सकेको छैन । आम्दानीको हिसावले खेतमा मखमली फूल लगाउँदा धानको भन्दा फाइदा मखमली फूलबाट बढी हुन्छ । मखमली माला बनाउन पनि मेहनत गर्नुपर्छ आफू मात्रै नभएर अर्मपर्म गरेर वा एउटा माला उनेको ५ रुपैयाँसम्म तिरेर लगाउनु पर्छ । एक रोपनी जग्गामा मखमली फूलखेती गर्दा वार्षिक रुपमा ५० हजार भन्दा बढी आम्दानी हुने गरेको छ ।’

उहाँले किसानहरुको मखमली फूलको माला बनाउन लागेको मेहनतअनुसार कम्तिमा पनि प्रतिमाला ३० रुपैयाँ मूल्य पाउनुपर्ने भएपनि त्यस्तो हुन नसकेको बताउनु भयो। उहाँले मखमली फूल खेतीले धानको भन्दा राम्रो आम्दानी दिएको बताउनु भयो । उहाँले एक रोपनी जग्गामा मखमली फूलखेती गर्दा वार्षिक रुपमा ५० हजार भन्दा बढी आम्दानी हुने गरेको बताउनु भयो ।