• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली ★   वीरगञ्जमा सिद्धार्थ बैंकमा भीषण आगलागी ★   ओलीसँगको भेटबारे देउवाको ब्रिफिङ: हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ ★   रोहितको सन्याससँगै को बन्ला भारतको नयाँ टी–२० कप्तान ? ★   प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण: काँग्रेस सांसद

प्रधानमन्त्रीलाई भेटेर रविले भने– परिवर्तनका लागि तातो गोली थाप्न तयार जनतालाई चिसोबाट बचाउनुस्



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा)का सभापति रवि लामिछानेले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) बाट फर्किएलगत्तै त्यहाँको यथार्थबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जानकारी गराएका छन् ।

सभापति लामिछानेले बालुवाटार पुगेर राहत व्यवस्थापन र वितरण तथा पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीलाई १४ बुँदे सुझावसमेत दिएका छन् ।

छलफलमा प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित क्षेत्रमै पुगेर लिएको पहलकदमी र सुझावका लागि सभापति लामिछानेलाई धन्यवाद दिँदै प्राप्त सुझाव प्राथमिकताका आधारमा कार्यान्वयनका लागि मन्त्रिपरिषद्को वैठकमा समेत प्राप्त सुझावहरु राख्ने प्रतिबद्धता जनाउनु भएको छ।

सभापति लामिछानेले ‘परिवर्तनका लागि विगतमा तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउनुस्’ भन्दा प्रधानमन्त्री दाहाल गम्भीर हुनुभएको स्रोतले बतायो ।