७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह

म्याक्सवेलको दोहोरो शतकीय पारीमा अस्ट्रेलिया विश्वकपको सेमिफाइनलमा

म्याक्सवेलको दोहोरो शतकीय पारीमा अस्ट्रेलिया विश्वकपको सेमिफाइनलमा
अ+ अ-

एजेन्सी । भारतमा जारी एकदिवसीय विश्वकप अन्तर्गत अफगानिस्तान र अष्ट्रेलियाबीच मंगलबार वानखेडेमा भएको खेलमा क्रिकेट फ्यानहरूले क्रिकेटरको अदभुत खेल देखेका छन् । ग्लेन म्याक्सवेलको अविजित २०१ रनको इनिङ ।

घाइते भए, दुई पटक फिजियोमा आए, रन बनाउन गाह्रो भयो तर म्याक्सवेल न रोकिए न थाके । टोलीले आठौं विकेटका लागि २०२ रनको साझेदारी गर्दै २९२ रनको लक्ष्य पुरा गर्यो ।

म्याक्सवेलको यो साहसी खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको छ । टोलीले ९१ रनमा ७ विकेट गुमाएको थियो । यहाँबाट म्याक्सवेलले कप्तान प्याट कमिन्ससँग आठौं विकेटका लागि अविजित २०१ रनको कीर्तिमानी साझेदारी गर्दै सबैभन्दा ठूलो रन पछ्याएका थिए ।

टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानको टोलीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९१ रन बनाएको थियो । ओपनर इब्राहिम जाद्रानले अविजित १२९ रनको इनिङ्स खेले । अस्ट्रेलियाले ४६.५ ओभरमा ७ विकेट गुमाएर २९२ रनको लक्ष्य पुरा गर्यो ।

योसँगै अफगानिस्तानलाई हराएर अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ भने अफगानिस्तानको छनोट हुने आशा निकै कम बनेको छ । अष्ट्रेलियाले ८ खेलमा ६ जितमा १२ अंक जोडेको छ भने टोली अंक तालिकाको तेस्रो स्थानमा छ । जबकि अफगानिस्तानको ८ खेलमा ४ जितबाट ८ अंक छ र छैटौं स्थानमा रहेको छ ।