२८ असार २०८३, आईतवार
,
Latest
म्याक एलिस्टरको गोलमा स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनाको सुरुवाती अग्रता विश्वकप सेमिफाइनलमा इंग्ल्यान्ड, जेड बेलिंघमको दुई गोलमा नर्वे पराजित पूर्वप्रमुख सिंहको प्रतिमा अनावरण गोरखामा दुई ‘मोटरेबल’ पुल निर्माण कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी ट्वान्टी महिला सिरिजका लागि खेलाडी छनोट



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा हुने चार देश सम्मिलित महिला टी ट्वान्टी सिरिजका लागि आज २२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरेको छ ।

यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हङकङमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र मलेसिया छन् ।

छनोट हुने नेपाली टोलीमा रुविना क्षेत्री, पूजा महतो, सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, सङ्गीता राई, ज्योति पाण्डे र रोमा थापा छन् ।

त्यसैगरी, ईश्वरी विष्ट, सम्झना खड्का, रुवि पोदार, सबनम राई, कविता जोशी, अश्मिना कर्माचार्य, खुसी डङ्गोल, कृतिका मरासिनी, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजोल श्रेष्ठ र मनिषा चौधरी छन् ।