• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

‘किरिम पाउडरले’ पछि ‘भन्नु पो नभाको’ लिएर आए गायक सुजन विश्वकर्मा



काठमाडौँ । चर्चित गायक सुजन विश्वकर्माको ‘भन्नु पो नभाको’ बोलको गित सार्वजनिक भएको छ । ‘किरिम पाउडर’ले बोलको गित गाएर चर्चामा आएका गायक सुजन विश्वकर्माले आफ्नै शब्द र संगितमा नयाँ गितको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । गितमा गायक सुजनले स्वयंम अभियन गरेका छन् ।

केहि वर्ष अघि किरिम पाउडरले बोलको गित गाएर चर्चामा आएका थिए सुजन विश्वकर्मा । त्यतिबेला किरिम पाउडर गित टिकटक लगायत सामाजिक संजालमा भाइरल बनेको थियो । यसपालि पनि भन्नु पो नभाको गितलाई उनले निकै मिहिनेत गरेर बनाएका छन् ।

भिडियोमा गायक सुजनका अलावा मालति लकान्दरी, प्रमेश लोहोनी, श्याम कुमार लोहोनि, भिक्टर सिंह, सुनिता सिंह, खुशी लगायतका दमदार अभियन गरेका छन् ।

पंकज शंकरको कोरियोग्राफि रहेको भिडियोलाई प्रकाश बराइलिले सम्पादन तथा छायांकन गरेका हुन् । दुबईमा सुटिङ गरिएको गितलाई धेरै दर्शक तथा स्रोताहरुले मन पराएका छन् । भिडियो निर्देशन प्रकाश बराइलीले गरेका छन् ।

भिडियोले दर्शकहरुको मन जित्नेमा आफु ढुक्क रहेको सुजन विश्वकर्माले बताएका छन् । भिडियोलाई रातोपर्दा टिभी नामक युट्युब च्यालनमा गएर हेर्न सकिन्छ ।