१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘किरिम पाउडरले’ पछि ‘भन्नु पो नभाको’ लिएर आए गायक सुजन विश्वकर्मा



अ+ अ-

काठमाडौँ । चर्चित गायक सुजन विश्वकर्माको ‘भन्नु पो नभाको’ बोलको गित सार्वजनिक भएको छ । ‘किरिम पाउडर’ले बोलको गित गाएर चर्चामा आएका गायक सुजन विश्वकर्माले आफ्नै शब्द र संगितमा नयाँ गितको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । गितमा गायक सुजनले स्वयंम अभियन गरेका छन् ।

केहि वर्ष अघि किरिम पाउडरले बोलको गित गाएर चर्चामा आएका थिए सुजन विश्वकर्मा । त्यतिबेला किरिम पाउडर गित टिकटक लगायत सामाजिक संजालमा भाइरल बनेको थियो । यसपालि पनि भन्नु पो नभाको गितलाई उनले निकै मिहिनेत गरेर बनाएका छन् ।

भिडियोमा गायक सुजनका अलावा मालति लकान्दरी, प्रमेश लोहोनी, श्याम कुमार लोहोनि, भिक्टर सिंह, सुनिता सिंह, खुशी लगायतका दमदार अभियन गरेका छन् ।

पंकज शंकरको कोरियोग्राफि रहेको भिडियोलाई प्रकाश बराइलिले सम्पादन तथा छायांकन गरेका हुन् । दुबईमा सुटिङ गरिएको गितलाई धेरै दर्शक तथा स्रोताहरुले मन पराएका छन् । भिडियो निर्देशन प्रकाश बराइलीले गरेका छन् ।

भिडियोले दर्शकहरुको मन जित्नेमा आफु ढुक्क रहेको सुजन विश्वकर्माले बताएका छन् । भिडियोलाई रातोपर्दा टिभी नामक युट्युब च्यालनमा गएर हेर्न सकिन्छ ।